Logo

सूचना/प्रविधि

नेपाल टेलिकम र सडक विभागबीच सझौता


GDP Nepal
   २२ पुस २०७६, मंगलबार


काठमाडौं । नेपाल टेलिकम र सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । यस सम्बन्धी समझदारी पत्रमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

सडक विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाइरहेको र टेलिकमले सर्वसाधारण जनताको लागि अत्यावश्यक सञ्चार सेवा मुलुकको अति विकट स्थानसम्म पु¥याइरहको अवस्थामा टेलिकम र विभाग बीच समन्वय र सहकार्य आवश्यक छ ।

नियमित नयाँ सडक निर्माण, सडक विस्तार, मर्मत सम्भार र सडक चौडा गर्ने तथा नेपाल टेलिकमका दूरसञ्चार पूर्वाधारहरु निर्माण तथा सुधारका क्रममा दुवै निकायबाट निर्मित पूर्वाधारका संरचनाहरुमा हानी– नोक्सानी हुनुका साथै निर्माण कार्यमा दोहोरो लगानी हुने र सेवाको गुणस्तरमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको छ ।

समझदारी अनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याइने छ । यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निक्र्र्यौैल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी गर्नेछ ।

सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याउन सो समझदारी पत्र र विद्यमान कानुनको अधिनमा रही सडक विभागको सम्बन्धित सडक डिभिजन तथा योजना कार्यालय र नेपाल टेलिकमको सम्बन्धित कार्यालयबीच विस्तृत सम्झौता गरी कार्यान्वयन गरिने छ ।

प्रकाशित : २२ पुस २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह