Logo

Banner-news

योगेश भट्टराईले बेइज्जत गरेका छैनन्, विदेशीले वास्तै नगरेपछि कसरी बेइज्जत हुन्छ ?


GDP Nepal
   २३ पुस २०७६, बुधबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगलागीले पीडामा रहेको अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष प्रवर्द्धनको कार्यक्रम गरेर मुलुकको बेइज्जत गरेको आरोप लागिरहेको छ । मन्त्री भट्टराईले यसको खण्डन पनि गरेका छन् भने त्यहाँ भएको एक र्यालीलाई प्रहरीले रोकेको भने स्थानीय नेपालीले नै पुष्टि गरिसकेका छन् ।

नेपालमा मन्त्री भट्टराईको कदमलाई लिएर विभिन्न टिप्पणी भइरहेका छन् । यसै सन्दर्भमा वैज्ञानिक उत्तमबाबु श्रेष्ठले भने ट्वीटरमा यससम्बन्धी केही मननीय धारणा राखेका छन् । उनले मन्त्रीको कार्यक्रममात्र नभइ समग्र भ्रमण वर्षको अन्तर्राष्ट्रिय प्रवर्द्धनकै विषयमा गरेको टिप्पणी जस्ताको तस्तैः

डा. उत्तमबाबु श्रेष्ठ

योगेश भट्टराइले वेपत्तै गरे वा वेइज्जत गरे भन्ने कुरा हामीलाइ लागेको मात्रै हो । पूर्वाग्रह वा आग्रहको कारण। अष्ट्रेलियाको प्रायः सबै मिडियाको अनलाइनमा नेपाल खोज्दा महिनौं पुराना बासी समाचार देखिन्छ । विदेशीले वास्तै नगरेपछि कसरी ठूलै काम गरेको वा वेइज्जत गरेको हुन्छ ?

नेपालबारे जानकार विदेशीलाइ हाम्रो अर्थतन्त्र, भ्रष्ट्राचार, आनीवानी, कार्यशैली आदीको बारेमा आन्द्राभूँडी थाह छ । काठमाडौंमा ठूलै बुद्धि विलास भएपनि नेपाल विश्वको राजनैतिक र सामरिक रंगमचमा प्रभावहिन राष्ट्र हो भन्ने स्पष्ट छ । उनीहरू विचका वेइज्जत र इज्जतको कुरा भएन ।

विश्वभरका आइकनिक ठाँउ सिड्नी, पेरिस, न्यूयोर्क, लन्डनमा नेपालको लोगो र झन्डा अहिले पर्यटन मन्त्रीले सिड्नीमा जसरी फहराऔं र तत् देशबाट आउने पर्यटकलाइ एरपोर्रटमा सोधौं झन्डा देखेर आएको हो भनेर ? कतिले हो भन्लान् ?

नेपाल आउने भनेर आएका विदेशी मध्यमस्तरका पर्यटकहरूले नेपालीले भन्दा बढि ज्ञान यहाँको भूगोल, हिमाल, संस्कृति, जैविक विवधताको राखेका हुन्छन् । इन्टरनेटदेखि पुस्तकसम्म, साथीदेखि अनलाइनको रिभ्यू हेरेर आएका हुन्छन् । एनआएनले जाऊ भनेर होइन ।

गरिव विदेशीले नेपालको नामै सुनेका हुदैनन् उनीहरूलाइ जीउ र परिवार पाल्न धौ धौ छ । हामीलाई जस्तो संसारभरको घटनाको बारेमा अल्पज्ञान राख्न, विपदमा प्रे गर्न वा चाडवाडमा शुभकामना दिन, खेलकुदमा उत्सव मनाउन कहाँ फूर्सद छ ?

बेइज्जत इज्जत हामीभित्रै भएको हो । हामीलाइ थाहै छ हामी कसरी काम गर्छौं । संविधानदेखि साफ खेलकुद रातारात काम गरेर जुगाड गरेकै हौं । नेपाल होस् या विदेश हामी यस्तै त हो नि ब्रो ।

को हुन् उत्तमबाबु श्रेष्ठ ?
अमेरिकाको यूनिभर्सिटी अफ् म्यासेचुसेट्सबाट वातावरण विज्ञानमा विद्यावारिधी गरेका श्रेष्ठसँग जर्मनीको म्यूनिख टेक्निकल विश्वविद्यालय र अमेरिकाको हार्वड विश्वविद्यालय तथा मेइन विश्वविद्यालयमा अनुसन्धानको अनुभव छ। अष्ट्रेलियाको साउदर्न क्विइस्ल्याण्ड विश्वविद्यालयमा भाइस चान्सलर रिसर्च फेलो रुपमा कार्यरत श्रेष्ठका एक पुस्तक र दुई दर्जन अनुसन्धनात्मक लेखहरु अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन्। प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, आर्थिक विकास, वातावरण संरक्षण, वैज्ञानिक अनुसन्धान र नीतिमा चासो राख्छन्।

प्रकाशित : २३ पुस २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह