Logo

कर्पोरेट-बजार

थाइल्याण्डमा भ्रमण वर्ष प्रवर्द्धन र सहकार्यको सम्भावना खोज्दै ललितपुर उवासंघ


GDP Nepal
   २८ पुस २०७६, सोमबार


काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले थाइल्याण्डमा भिजिट नेपाल २०२० को प्रवर्द्धन तथा नेपाली उत्पादनको बजारीकरणका लागि सहकार्यको प्रयास गरेको छ । संघका अध्यक्ष कृष्णलाल महर्जनको नेतृत्वमा गएको २४ सदस्यीय प्रतिनिधि मण्डलले पुस २० देखि २५ गतेसम्म गरेको थाइल्याण्ड भ्रमणसँगै यस्तो सम्भावनाको खोजी गरिएको हो ।

दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने अभिप्रायका साथ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षको नेतृत्वमा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र सचिवालयका कर्मचारीहरु समेतको टोलीले थाइल्याण्ड भ्रमण गरिएको संघले जनाएको छ ।

भ्रमणका दौरान थाइल्याण्ड स्थित थार्ई गार्मेण्ट म्यानुफ्याक्चर एशोसियसन, थार्ई जेम्स एण्ड ज्वेलरी ट्रेडर्स एशोसियसन, थार्ई–नेपाल चेम्बर अफ कमर्श, थार्ई चेम्बर अफ कमर्श र नेपाली दुतावाससँग समेत भेटघाट तथा छलफल गरिएको थियो ।

भेटघाट तथा छलफलका क्रममा यहि पौष २३ गते थार्ई गार्मेण्ट म्यानुफ्याक्चर एशोसियसनका अध्यक्ष युत्ताना सिल्पसर्नविच सँग दुई देश विचको गार्मेण्ट व्यवसाय सम्बन्धी विद्यमान अवस्था र नेपालका कटन कपडाको सम्भावित प्रबद्र्धनका विषयमा आपसी सहकार्य कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो ।

यस्तै, सिल्पसर्नविच नेपालको गार्मेण्ट व्यवसायको विकास एवं प्रबद्र्धनका लागि आउंदो चैत २०७६ सालमा ललितपुर उद्योग वाणिज्य संघले आयोजना गर्ने ललित अन्तर्राष्ट्रिय व्यापार मेलाका बारेमा पनि बृहत रुपमा छलफल गरिएको संघले जनाएको छ ।

संघले थाई जेम्स एण्ड ज्वेलरी ट्रेडर्स एशोसियसनका अध्यक्ष सोमचाई फोर्नचिन्दारकसंगको छलफलमा नेपालको जेम्स एण्ड ज्वेलरी व्यवसायको विकास एवं प्रवद्र्धनका लागि आपसी सहकार्यमा नेपालमा भएका खनिज तथा जेम्स पत्थरहरुको प्रशोधन गरि सो सम्बन्धी प्रबद्र्धन एवं व्यापार विस्तार गर्ने बारे गहण छलफल गरेको छ । जेम्स र पत्थरहरुको गुणस्तर मापनको लागि एक जेम्स ल्याव स्थापना गर्ने सम्बन्धी पनि बृहत रुपमा छलफल गरिएको थियो ।

निकट भविष्य नेपालमा हुने नेपलिज जेम्स एण्ड ज्वेलरी एक्स्पोका बारेमा समेत छलफल भएको जनाइएको छ ।

थाइल्याण्डको लागि नेपाली राजदुत गणेशप्रसाद ढकालसंगको भेटघाट तथा छलफलको क्रममा संघका प्रतिनिधि मण्डलहरुले थाइल्याण्डमा वस्तु निर्यातका लागि भएका समस्याहरुका बारेमा अवगत गराउनुका साथै समस्या समाधानका निमित्त सम्बन्धीत निकायमा पहल गरि दिनु हुन अनुरोध गरिएको थियो ।

राजदुत ढकालले नेपालको व्यापार विस्तारका लागि हर सम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यसै क्रममा संघका अध्यक्ष महर्जनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न ललितपुर उद्योग वाणिज्य संघ र दुतावासको समन्वयमा आवश्यक कार्यहरु गर्न इच्छुक रहेको बताएका थिए ।

थाई–नेपाल चेम्बर अफ कमर्शसंगको छलफलमा थाइल्याण्डमा नेपाली वस्तुहरुको बजार विस्तारका लागि सहकार्य गर्नुका साथै ललितपुर उद्योग वाणिज्य संघ र थाई–नेपाल चेम्बर अफ कमर्शसंग सहकार्य र समन्वय गर्नको लागि एक समझदारी पत्रमा समेत हस्ताक्षर गरिएको थियो ।

यस्तै गरि थाई चेम्बर अफ कमर्शसंगको भेटघाट तथा छलफलमा अध्यक्ष महर्जनले नेपाल–थाइल्याण्ड विचको व्यापार विस्तारका लागि सहकार्य गर्न तयार रहनुका साथै नेपालको थाइल्याण्डसंगको व्यापार घाटालाई न्यूनिकरणका लागि सहयोग गर्न आग्रह गरे ।

ललितपुर उद्योग वाणिज्य संघद्धारा आयोजना गरिने ललित अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी बारे एवं संघ र थाई चेम्बर विच सहकार्य र समन्वय कार्य गर्न पहल गर्ने बारे समेत छलफल भएको थियो ।

प्रकाशित : २८ पुस २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह