Logo

Banner-news

कनेक्ट आईपीएसबाट पुसमा १२ अर्ब कारोबार, हालसम्म साढे ४२ अर्ब भुक्तानी !


GDP Nepal
   ३ माघ २०७६, शुक्रबार


काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आईपीएएस ई–पेमेन्ट प्रणाली मार्फत भएका मासिक कारोबार पुस महिनामा १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

एनसीएचएलको लागि २०७५ वैशाखबाट प्रारम्भिक सञ्चालनमा आएदेखि पुसमा हालसम्मको सबैभन्दा बढी कारोबार भएको छ । यस आर्थिक वर्षको पुस मसान्तसम्म कनेक्ट आईपीएएस ई–पेमेन्ट प्रणाली मार्फत भएको कारोबार संख्या ६ लाख ५० हजार १४२ रहेको छ । जुन सेटलमेन्ट रकममा ४२.४८ अर्बबराबर रहेको छ ।

कारोबारमा भईरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकारयता बढेको कम्पनीको भनाइ छ ।

कनेक्ट आईपीएएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो,जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।

उक्त प्ल्याटर्फममा सदस्य बैंकका ग्राहकहरूले फण्ड ट्रान्सफर लगायत अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी सुविधा रहेका छन् ।

यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएचएलले विद्युतीय चेक भुक्तानी, अन्तरबैंक भुक्तानी प्रणाली र कनेक्ट आईपीएएस ई–पेमेन्ट प्रणाली सञ्चालन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को पुस मसान्तसम्ममा यी प्रणालीहरु मार्फत एनसीएचएलले कारोबार संख्या ८१ हजार २४९ को कुल सेटलमेन्ट रकम ४२.१७ बराबर राफसाफ गर्न सफल भएको छ । जुन गत आवको सोही अवधिभन्दा क्रमश ४४% र २६ % को बृद्धि रहेको छ ।

प्रकाशित : ३ माघ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह