Logo

Banner-news

एनआरएनएले अक्टोबरमा दोस्रो विज्ञ सम्मेलन गर्ने, शनिबारदेखि पोखरामा आईसीसी बैठक


GDP Nepal
   ४ माघ २०७६, शनिबार


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने दोस्रो विज्ञ सम्मेलनको तयारीका विषयमा संघका पदाधिकारीहरुले नेपाल सरकारका मन्त्री र सचिवहरुसंग छलफल गरेका छन् । अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

यसैबीच, एनआरएनए नेताहरुले नेपाल सरकारका सचिवहरुसँग समेत विज्ञ सम्मेलनको तयारीबारे छलफल गरेका छन् । परराष्ट्रय मन्त्रालयका सचिव शंकरदास वैरागीको संयोजनमा सम्पन्न बैठकमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालयका करिब दुई दर्जन सचिव तथा सहसचिवहरुको सहभागिता थियो ।

बैठकमा विदेशमा बसेका नेपालीले सिकेको ज्ञान र सीपलाई देशको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।
त्यसअवसरमा एनआरएनए महासचिव डा. हेमराज शर्माले दोस्रो विज्ञ सम्मेलनको तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।

पहिलो विज्ञ सम्मेलनबाट प्राप्त सुझावका आधारमा दोस्रो विज्ञ सम्मेलनलाई कसरी अझै व्यवस्थित र उपलब्धिमुलक बनाउन सकिन्छ भन्नेमा आफुहरुको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो ।

बैठकमा सहभागी नेपाल सरकारका अधिकारीहरुले विज्ञ सम्मेलनका उपलव्धिहरुलाई कसरी व्यवहारिक रुपमा लागु गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनुपर्ने धारणा राखेका थिए । उनीहरुले नेपालमा हाइड्रो, शिक्षा, स्वास्थ्य र बाँझो भुमि लगायतका क्षेत्रमा विज्ञहरुको आवश्यकता रहेको उनीहरुको भनाइ थियो ।

विदेशमा नेपालीहरुले सिकेको ज्ञान र सिपलाई नेपालमा भित्र्याउन एनआरएनए र नेपाल सरकारबीच स्थायी संरचना निर्माण गरिनुपर्ने आवश्यकता बैठकका सहभागीले औंल्याएका थिए ।

एनआरएनएले आगामी अक्टोबरमा दोस्रो विश्व विज्ञ सम्मेलन काठमाडौंमा आयोजना गर्दैछ ।

त्यसअवसरमा मन्त्री ज्ञवालीले संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलन सफल बनाउन नेपाल सरकारले हरतरहले सहयोग तथा सहजिकरण गर्ने आश्वासन दिएका छन् । एनआरएनका तर्फबाट अध्यक्ष पन्तसंगै उपाध्यक्ष डा। बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसी लगायत छलफलमा सहभागी थिए ।

यसैबीच, गैरआवासीय नेपाली संघको दुई दिने बैठक शनिबारदेखि पोखरामा शुरु हुदैंछ । बैठकमा भाग लिन संघका पदाधिकारी शुक्रवार साँझ नै पोखरा पुगिसकेको संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए ।

प्रकाशित : ४ माघ २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह