Logo

Banner-news

बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टलाई अन्तर्राष्ट्रियकरण गर्नेछु


GDP Nepal
   ५ माघ २०७६, आइतबार


अच्युत गुरागाईं


पर्यटन क्षेत्रसँग प्रत्यक्ष र परोक्ष रूपमा जोडिएको संस्था हो । नाट्टाले गर्ने अधिकांश काम पर्यटन क्षेत्रसँग सम्बन्धित छन् । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना छ त्यसको उच्चतम प्रयोग गर्दै अर्थतन्त्रमा टेवा पु(याउनुपर्छ भन्ने मूल उद्देश्य हो । भएका सम्भावनाबाट बढीभन्दा बढी लाभ लिन सकियो भने पर्यटन क्षेत्रमा मात्रै नभएर समग्र देशको आर्थिक अवस्था नै राम्रो हुन जान्छ ।

म सन् २००६ बाट नाट्टाको कार्यकारिणी सदस्यबाट प्रवेश गरेर सचिव, महासचिव र अहिले वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छु । अघिल्लो कार्यसमितिले लिएका लक्ष्यहरू, सरकारले अगाडि सारेको नेपाल भ्रमण २०२० र नाट्टाका आगामी कार्यक्रम सफल रूपमा अगाडि लैजान मेरो नेतृत्व आवश्यक रहेको बुझेर नै साथीहरुले मलाई जिताउनुभएको छ ।

भ्रमण वर्ष २०२० लाई भव्य रूपमा मनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । पर्यटन क्षेत्र आफैंमा संवेदनशील क्षेत्र हो, त्यसमा पनि सरकारले महत्वाकांक्षी योजना ल्याइरहेका बेला निजी क्षेत्रबाट पनि उत्तिकै साथ र सहयोग दिनु जरुरी छ । त्यसका लागि निजी क्षेत्रमा नेतृत्व गर्ने व्यक्ति पनि महत्व पूर्ण हुन्छ ।

सरकारसँग मिलेर विभिन्न कामहरू भइरहेका छन भने पर्यटन क्षेत्रलाई सही दिशातर्फ लैजान हामीले सल्लाह सुझाव दिँदै आएका छौं । सरकार संघीय संरचनामा गइसकेको अवस्थामा अब नाट्टा त्यसबाट टाढा हुन सक्दैन । प्रादेशिक साखा विस्तारका लागि बाँकी रहेका कर्णाली प्रदेश र २ नम्बर प्रदेशमा पनि अब छिट्टै शाखा विस्तार गर्नुपर्छ । नाट्टालाई प्रदेशमा लैजान महासचिव र उपाध्यक्ष हुँदा मेरो भूमिका महत्व पूर्ण रह्यो अब त्यसलाई पूर्णता दिन पनि म अध्यक्ष बन्नुपर्ने आवश्यकता थियो ।

पर्यटन क्षेत्रमा देखिएको विदेशी मुद्रा, टिकेटिङको समस्या समाधान गर्नुपर्नेछ । पर्यटकीय क्षेत्रमा पर्यटक बसहरूको थप व्यवस्थापन, हेरिटेज साइटको मर्मत सम्भार, ट्वाइलेटको उचित व्यवस्था गर्नुपर्ने आवश्यकता छ । सरकारले अगाडि सारेको लक्ष्यमा साथ दिन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपालमा बोलाएर मिटिङ गर्ने, विदेशमा हुने कार्यक्रमहरूलाई नेपालमै आयोजना गर्न लबिङ गर्न मेरो जोड रहनेछ ।

त्यसैगरी सदस्य रहेका एजेन्सीहरूलाई अप्ठेरो परिस्थितिलाई मध्यनजर गर्दै इमरजेन्सी फन्डको व्यवस्था गर्ने, पर्यटकहरूलाई टूर गाइडको प्रयोगबाट मात्रै घुम्न पठाउने, सरकार, पर्यटन बोर्ड तथा सरोकारवाला निकायसँग मिलेर कार्यक्रमहरू आयोजना गर्ने र बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मेरो विशेष पहल रहनेछ । नेपालमा फेस्टिबल टुरिजमको उत्तिकै सम्भावना छ त्यसलाई विश्वस्तरमा चिनाउन मैले प्रयास गर्नेछु ।

नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष गुरागाईँसँग कुराकानीमा आधारित

प्रकाशित : ५ माघ २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह