Logo

Banner-news

मलेसियापछि कतार रोजगारीमा लुट, फ्रि मेडिकल भए पनि जनही ४५ सय असूल


GDP Nepal
   ९ माघ २०७६, बिहिबार


काठमाडौं । वैदेशिक रोजगारीका नाउँमा म्यानपावर र विभिन्न एजेन्सीको लुट जारी छ । मलेसिया रोजगारीमा सरकारले हस्तक्षेप गरेपछि विक्षिप्त भएका म्यानपावर कम्पनीहरुको निशाना कतार जाने कामदार हुन थालेका छन् ।

कतार भिसा सेन्टर काठमाडौंमा निशुल्क स्वास्थ्य परीक्षणको सुविधा भए पनि म्यानपावरले जनही ४ हजार ५ सय लिएर अन्तै परीक्षण गराउने गरेको पाइएको छ । यसरी श्रमिकलाई दोहोरो मेडिकल गर्न लगाएर १३ करोडभन्दा बढी अतिरिक्त शुल्क भराउन बाध्य पारिएको अध्ययनले देखाएको छ ।

म्यानपावर कम्पनीले युवाबाट प्रि–मेडिकलको नाममा १३ करोडभन्दा बढी असुलेको पाइएको छ ।

२०१९ को जुन १८ बाट कतारको गृह मन्त्रालयले बायोमेट सर्भिसेस प्रालिलाई नेपालमा निश्चित आवासीय प्रक्रियाहरूमा काम गर्ने गरी श्रमिकको हकमा निशुल्क मेडिकल र बायोमेट्रिकको सेवा संचालन गर्न अधिकार दिएको छ ।

कतार भिसा सेन्टर (क्यूभीसी) ले नेपालमा सेवा सुरु गरेपछि मात्र कतार जान ६० हजारको हाराहारीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । श्रम स्वीकृति लिएकामध्ये आधालाई मात्र प्रि–मेडिकल गर्न लगाए पनि ३० हजार युवालाई जनही ४ हजार ५ सय रुपैयाँ शुल्क थप दिएपनि १३ करोड रुपैयाँ हुन आउछ ।

कतार भिसा सेन्टरले पनि कतार जाने प्रक्रियामा रहेका औषत ३ सय युवाले दैनिक मेडिकल र बायोमेट्रिक सेवा लिने गरेको जनाएको छ ।

प्रकाशित : ९ माघ २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह