Logo

Banner-news

भारतबाट लगानी र सहयोगभन्दा बढी आउँछ रेमिट्यान्स, चार महिनामै ४३ अर्ब !


GDP Nepal
   १३ माघ २०७६, सोमबार


काठमाडौं । नेपालको दक्षिणी छिमेकी भारतबाट गत आर्थिक वर्षमा जम्मा १० अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रियो भने भारतबाट नेपालले पाउने वार्षिक अनुदान पनि १२ अर्ब हाराहारी मात्रै छ ।

भारत आफैं तिब्र आर्थिक विकासका लागि वाह्य लगानी खोजिरहेका बेला नेपालमा उसले लगानी गरेन भन्नु मुर्खतामात्र भएको विज्ञहरु बताउँछन् । तर, भारतीय भूमिमा काम गर्ने नेपालीले नेपालमा ठूलो परिमाणमा रेमिट्यान्स पठाइरहेको एक अध्ययनले देखाएको छ ।

नेपालको रेमिट्यान्स स्रोत मुलुकमध्ये कतारपछि भारत दोस्रो नम्बरमा देखिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार भारतबाट चालू आर्थिक वर्षको चार महिनामै ४३ अर्ब रेमिट्यान्स भित्रिसकेको छ ।

अन्य मुलुकमा रोजगारीका लागि राज्यले नै ठूलो मूल्य चुकाउनु परिरहे पनि भारतको रोजगारी स्वेच्छिक हो । अर्कोतर्फ आफैं साथमा रेमिट्यान्स ल्याउने नेपाली कामदारको सख्या पनि उत्तिकै छ । यसले नेपालका लागि रेमिट्यान्सको सबैभन्दा ठूलो स्रोत मुलुक भारत नै रहेको पुष्टि हुन्छ ।

कात्तिकसम्ममा सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ भने भारतबाट सो अवधिमा ४३ अर्ब १६ करोड रुपैयाँ आएको छ । यो रकम चालू आर्थिक वर्षको चार महिनामा आएको कुल रेमिट्यान्सको १४.२ प्रतिशत हो । कतारको हिस्सा भने १७.७ प्रतिशत छ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ ।

प्रकाशित : १३ माघ २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह