Logo

Banner-news

कंसाकारको आठ बुँदे प्रष्टोक्तिः एयरबसको घुसकाण्डमा म संलग्न छैन !


GDP Nepal
   २२ माघ २०७६, बुधबार


काठमाडौं । नेपाल वायुसेवा निगमका लागि युरोपेली जहाज निर्माता कम्पनी एयरवसको न्यारोबडी जहाज खरिदमा ४ करोड ३० लाख रुपैयाँ नेपाली अधिकारीलाई घुस पठाइएको खुलासा भएसँगै विभिन्न प्रश्नहरु उब्जिएका छन् । कतिपयले निगमलाई बोइङ युगबाट एयरबस युगतर्फ लैजाने पूर्वअध्यक्ष तथा पूर्व महाप्रवन्धक सुगतरत्न कंसाकारलाई यस प्रकरणमा जोडेर प्रचार गरिरहेका छन् ।

तर, निगममा कार्यकारी अध्यक्ष र महाप्रवन्धको जिम्मेवारी पटकपटक सम्हालेका कंसाकारले यसलाई ठाडै अस्वीकार गरेका छन् । कंसाकारले आफू पदमा बहाल नरहँदा यस्तो घटना भएको देखिएको भन्दै आफूले नैतिक जिम्मेवारी लिन नसक्ने जनाएका छन् ।

कंसाकारले आफैं यसबारे सार्वजनिक गरेको प्रष्टोक्तिः

करिब ५ वर्ष पहिले नेपाल वायुसेवा निगमले २ वटा न्यारोबडी ए३२० खरिद गर्दा एयरबस कम्पनीले करिब रु. ४ करोड ३० लाख रकम १–२ व्यापारीमार्फत नेपालको पदाधिकारीहरुलाई भुक्तानी गरेको लण्डनमा सार्वजनिक भएपछि यस सम्बन्धमा हिजो र आज मेरो नाम समेत जोडेर समाचार आएको हुँदा उक्त विमान खरिद सँग जोडिएका केहि तथ्य सबैको जानकारीको लागि प्रस्तुत गरेकोः
(१) म महाप्रबन्धक हुना साथ केहि हप्तापछि नै मिति २०६५–१२–२५ मा ६ वटा विमान खरिद गर्न टेण्डर आह्वान गरेको ।

(२) अख्तियारले मिति २०६७–९–९ मा विशेष अदालतमा मुद्दा हाले पछि म स्वतस् निलम्बनमा परेर घर बसेको ।

(३) सर्बोच्च अदालतबाट खरिद प्रकृयामा कुनै अनियमिता भ्रष्टाचार नभएको भनि मिति २०६९–१–१२ मा क्लिन चिट दिएको ।

(४) मैले २०६८ साल आषाढ १५ गते देखि निगमको कार्यकारी अध्यक्षबाट अवकास पाएर घरमा बसेको ।

(५) मैले अनौपचारीक रुपमा पाएको जानकारी अनुसार दुईवटा न्यारोबडी ए३२० विमान खरिद गर्न एयरबस कंपनीसँग वार्तालाप २०६९ माघर फागुन महिना देखि शुरु गरेको ।

(६) पहिलो न्यारोबडी मिति २०७१–१०–२५ मा र दोश्रो विमान मिति २०७२–१–१८ मा काठमाण्डौं अवतरण भएको ।

(७) ६ दिन अघि २०७६ माघ १७ गते लण्डनमा सार्वजनिक गरेको कागजातमा २०७० साल माघ १८ गते देखि २०७२ साल बैशाख १७ गतेबीचमा ३ लाख ४० हजार युरो नेपालको एकरदुई ब्यापारीलाई भुक्तानी गरेको उल्लेख गरेको ।

(८) २०६८ देखि २०७२ सम्म म करिव ४ वर्ष घरमा अवकासको जीवन बिताईसके पछि २०७२ साल जेष्ठ १७ गते देखि पुनः निगमको महाप्रबन्धक पद सम्हालेको ।

प्रकाशित : २२ माघ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह