Logo

राजनीति

कांग्रेस नेतृ डोल्मा तामाङको प्रश्नः प्रचण्ड–ओली मिल्ने, शेरबहादुर–रामचन्द्रचाहिँ नमिल्ने ?


GDP Nepal
   २२ माघ २०७६, बुधबार


काठमाडौं । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डोल्मा तामाङले पार्टीभित्र वृहत एकताको विकल्प नरहेको बताएकी छन् । पार्टीभित्र गुट हावी हुँदा विभिन्न निकायले राम्रो काम गर्न नसकेको भन्दै उनले पार्टीमा बैठकबाटै विवादको समाधान खोज्ने संस्कार अघि बढाउनुपर्ने बिचारसमेत व्यक्त गरेकी छन् ।

विगतमा पार्टी केन्द्रीय समितिको बैठक बहिस्कारले गलत नजिर बसेको भन्दै उनले भनिन्– आपसमा हिजो शत्रु कहलिएका प्रचण्ड र ओली मिल्न हुने आज शेर वहादुर देउवा र रामचन्द्र पौडेल मिल्न किन नहुने ?

लोकतान्त्रिक पार्टीभित्र सहमति—असहमति एवं फरक विचार राख्न पाइने भए पनि अस्वाभाविक दृश्य देखिएकोमा उनी चिन्तित छन् । उनी भन्छिन्– राजनीति भनेको एक हिसावले पावर शेयरिङ पनि हो । यसरी भागवण्डामा मिल्ने हँदा हिजो यिनै कुरालाई प्रस्ट ढङ्गबाट राखेर अगाडी वढ्दा राम्रो हुन्थ्यो, पार्टी वैठकनै बहिस्कारसम्म गर्ने काम गर्न हुँदैनथ्यो । उपस्थित भएर आफ्नो कुरा राखेर असहमति जनाउन सकिन्थ्यो ।

तामाङ जुझारु महिला नेत्री हुन् भने प्रदेश नं. १ वाट प्रदेश सभाको समानुपातिक तर्फको प्रदेश सभा सदस्यको उम्मेदवार समेत रहेकी थिइन् ।

महिला संघको तेश्रो राष्ट्रिय महाधिवेशन २०७२ वाट आफूहरु निर्वाचित भए पनि संघले लोकतान्त्रिक मूल्य, मान्यतालाई पूर्ण संस्थागत गरेर अगाडी वढ्न जुन ढङ्गले सशक्त भूमिका निर्वाह गर्नु पर्ने हो त्यो हुन नसकेको उनी बताउँछिन् ।

उनी भन्छिन् – हामीले संघमा योग्य नेतृत्व पाउँदा पाउँदै पनि कांग्रेसभित्र मौलाएको गुटको राजनीतिका कारण तल्लो तहसम्म देशव्यापी कार्यक्रम लिएर निर्वाद रुपले जाने वातावरण नहुँदा केहि वरालिएको जस्तो देखिए पनि केन्द्रमा विधान लगायत हरेक क्षेत्रमा धेरै काम भएका छन् । पार्टीका नेतृत्व वर्गले वुझिदिनु पर्यो, केहि नेताको स्वार्थ र सत्तामा पुर्याउने भर्याङको रुपमा भातृसंस्थालाई प्रयोग गर्नु भएन, नेपालको सन्दर्भमा नेपाली महिला मूलुकको राष्ट्रपति, सभामुख र प्रधान न्यायधीशसम्म पुग्न सफल भएको अवस्थामा हामीले सन्तोष गर्ने ठाउँ छ ।

पार्टीको आसन्न महाधिवेशनमा संघीय संरचना अनुसार विधानमा हाल व्यवस्था भएको सवै तहको अधिवेशनबाट योग्य र क्षमता भएका व्यक्तिलाई तेरो मेरो नभनि जिम्मेवारी दिने काम गर्नु पर्ने उनको भनाइ छ ।
पार्टी नेतृत्व सबैलाई मिलाएर सहि र न्यायोचित निर्णय क्षमता राख्न सक्ने व्यक्ति आजको आवश्यकता भएको बताउने तामाङ सरकारबाट संसदीय बहुमतको दुरुपयोग गर्दै धमाधम जन विरोधी विधेकहरु एकपछि अर्काे ल्याउने काम भएको बताउँछिन् ।

सरकारका कामले बहुदलीय पञ्चायतको अभ्यास गर्ने कम्युनिष्ट सोच विकास भएको देखिने बताउने उनी लोकतान्त्रिक पद्धती बचाउन अब नेपाली कांग्रेसको विकल्प नरहेको बताउँछिन् ।

उनी भन्छिन्– पैसाको लागि देश बेच्नेलाई सत्तामा बस्ने अधिकार छैन । यो सरकार पूर्णरुपमा असफल भई सक्यो, जनताको अधिकार खोसेर सरकार अधिनायकवादको बाटोमा लागेको छ, यसलाई सच्च्याउन हामी एक भएर सबै तहमा दवाव सृजना गर्नुको विकल्प छैन ।

प्रकाशित : २२ माघ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह