Logo

Banner-news

जिल्ला नगर उद्योग वाणिज्य संघका ७८ अध्यक्ष चन्द्रागिरिमा !


GDP Nepal
   २५ माघ २०७६, शनिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचनको मिति नजिकिँदै जाँदा देशभरका उद्योग वाणिज्य संघका प्रतिनिधि यतिबेला काठमाडौंमा छन् । महासंघमा चैत अन्तिम साचा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यका लागि निर्वाचन हुँदैछ ।

महासंघका एशोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणमा काठमाडौं आइपुगेका जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरु शुक्रबार पूर्वअध्यक्ष चण्डीराज ढकालसहित चन्द्रागिरि हिल्समा रिट्रिटका लागि गएका थिए । चन्द्रागिरि हिल्स पुग्नेमा जिल्लानगर उद्योग वाणिज्य संघका ७८ अध्यक्षसहित १२७ पदाधिकारी थिए ।

अनौपचारिक भ्रमणको क्रममा रहेका पदाधिकारीहरुलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले स्वागत गरेका थिए । कार्यक्रममा महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराए ।

भ्रमणका क्रममा पदाधिकारीहरुले चन्द्रागिरि देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको र आगामी दिनमा आ–आफ्नो जिल्लामा यस्तै पर्यटकीय गन्तव्य विकास सम्भावनाको खोजी गर्ने बताए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनारहल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित : २५ माघ २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह