Logo

Banner-news

आजदेखि भारतबाट नेपाल आउने पर्यटकले फर्कन नपाउने, भ्रमण वर्षलाई अर्को धक्का ?


GDP Nepal
   २८ माघ २०७६, मंगलबार


काठमाडौं । नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाइरहँदा पर्यटन क्षेत्रले एकपछि अर्को अप्रत्यासित दुर्घटना बेहोर्नु परिरहेको छ । चीनमा देखिएको कोरोना भाइरसको संकट तथा भारतीय पर्यटकको मृत्युले त्रसित नेपाली पर्यटन क्षेत्र भारतको पछिल्लो नीतिले झनै प्रभावित बन्ने देखिएको छ ।

भारत सरकारले स्थलमार्ग हुँदै नेपाल आउने विदेशीप्रति कठोर नीति ल्याएको छ । अथाएत भारत हुँदै नेपाल आउने विदेशीमाथि कडाइ गर्न थालेको छ ।

आजदेखि लागू भएको यो नीतिअनुसार भारत सरकारको अध्यागमन विभागले ई–भिसा लिएर भारत हुँदै नेपाल घुम्न जाने विदेशी पर्यटकलाई आफ्नो नाकाबाट नेपाल प्रस्थान गर्न अनुमति दिने तर उसलाई त्यही नाकाबाट भारत प्रवेश गर्न बन्देज गरेको छ ।

भारतको नीतिअनुसार अब ई–भिसा लिएर आउने विदेशी पर्यटकहरू स्थलमार्गबाट नेपाल प्रवेश गरे उनीहरू फिर्ता जाँदा काठमाडौं पुगेर हवाई माध्यमबाट गन्तव्यतर्फ जानुपर्ने भएको छ ।

प्रवेशाज्ञासम्बन्धी नयाँ नीति ल्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्ने देखिएको छ । सोमबारमात्रै स्थलमार्गको बेलहिया नाका हँुदै नेपाल प्रवेश गर्ने क्रममा रहेका २ बस थाइ पर्यटक (करीब ८० जना) ले यस्तो नयाँ नियमबारे थाहा पाएपछि लुम्बिनी भ्रमण कार्यक्रम स्थगन गरेर उतैबाट गन्तव्यतर्फ लागेको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ ।

आफूहरूलाई भारतीय अध्यागमन अधिकारीहरूले आफ्नो देशको ई भिसाको बारेमा आएको नयाँ नीतिको बारेमा अवगत गराइसकेको भन्दै ई–भिसा लिएर स्थलमार्गबाट नेपाल पुगेकाहरूलाई पुनः भारततर्फ जाने क्रममा डिपार्चर(प्रस्थान) छाप नहान्न आग्रह गरेको अध्यागमनका कर्मचारीले बताए ।

स्थलमार्गको नाका हुदै बार्षिक १ लाख ७० हजारको हाराहारीमा बिदेशी पर्यटक नेपाल आउने गरेका छन् । उनीहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो । लुम्बिनी आउने पर्यटकहरू धेरैले ई भिसा लिएर आउने गरेको पाईन्छ ।

भारतको यो नियम पछि लुम्बिनी आउने धार्मिक पर्यटकहरू प्रभावित हुने र यो नियम प्रति नेपाल सरकारले ध्यानाकर्षण गराउनु पर्ने पर्यटन ब्यबसायी तथा सोसाईटी अफ टुर एन्ड ट्राभल अपरेटर्स सोटो नेपालका प्रदेश ५ संयोजक सञ्जय बजिमयले बताए ।

प्रकाशित : २८ माघ २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह