Logo

Banner-news

कोरोनाको असर पर्यटनपछि हाइड्रोमाः कामदार फर्केनन्, सामान पनि आएन


GDP Nepal
   ४ फाल्गुन २०७६, आइतबार


काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेपालका एकपछि अर्को क्षेत्र प्रभावित बन्दैछ । पर्यटन क्षेत्रमा यसको असर सुरुदेखि देखिएको छ भने अहिले नेपालको जलविद्युत् क्षेत्र पनि यसबाट प्रभावित देखिन्छ ।

कोरोनाका कारण नेपालका अधिकांश जलविद्युत् आयोजना प्रभावित भएका छन् । अधिकांश जलविद्युत् र प्रसारण लाइनमा चिनियाँ ठेकेदारहरूका साथै कामदार पनि चिनियाँ रहेको तथा उपकरण र सामानहरू पनि चीनबाटै ल्याउनुपर्ने कारणले पनि आयोजना प्रभावित भएका हुन् ।

करिब एक महिना अघिनै चीनको नयाँ वर्ष अर्थात भव्य रुपमा मनाइने स्प्रिङ मनाउनका लागि गएका अधिकांश चिनियाँ ठेकेदारका प्रतिनिधिका साथै कामदारहरू कोरोना भाइरसको महामारीको कारण नेपाल फर्कन सकेका छैनन् भने जलविद्युत् र प्रसारण लाइनका आयोजनाहरूको लागि चाहिने पेनस्टक पाइप, स्पेयर्स लगायतका उपकरणहरू समेत रोकिएका छन् ।

कामदार कोरोना फैलिएपछि आउन नसक्दा दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको छ भने न्यादी जलविद्युत् आयोजनाको पनि काम पनि प्रभावित भएको छ ।

यस्तै, बुटवल पावर कम्पनी (बीपीसी) र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) ले निर्माण गरिरहेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको पनि चिनियाँ कामदार नफर्कदा काम ठप्प भएको छ ।

२० मेगावाटको वेनी जलविद्युत् आयोजनाको गत २ तारिखमा पेनस्टक पाइप आउनुपर्ने रोकिएर काममा अवरोध पुगेको छ भने बाढीको कारण क्षति भएको ४.३६ मेगावाटको टुंगुन ठोस्ने जलविद्युत् आयोजनाका लागि आवश्यक सामान र चीइनीजहरू आउन नसक्दा आयोजना प्रभावित भएको छ ।

चिनियाँ कामदार नफर्कदा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी, १ सय २ मेगावाटको मध्यभोटेकोशी, १ सय ११ मेगावाटको रसुवागढी, ३७.६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी, १ सय ४० मेगावाटको तनहुँ, १ सय २ मेगावाटको मध्यभोटेकोशी, भरतपुर–बर्दघाट २२० केभी प्रशारणलाइन लगायतका आयोजनाहरू प्रभावित भएका छन् ।

प्रसारण लाइनका अधिकांश आयोजनाको ठेकेदार कम्पनी चिनियाँ रहेको र त्यहाँ कार्यरत कामदार समेत चिनियाँ रहेकोले ती आयोजनाहरूको काम समेत प्रभावित भएको छ ।

अधिकांश आयोजनाहरूमा विद्युत् उत्पादनको लागि चाहिने पावर ट्रान्सफर्मर, स्टेशन ट्रान्सफर्मर, स्वीच गेयर, इन्सुलेटर हार्डवेयर लगायतका उपकरणहरूका साथै वितरणका लागि आवश्यक ट्रान्सफर्मर खरिद र अन्य उपकरण आयातमा पनि समस्या परेको छ ।

लगानीकर्ता, विकासकर्ता, कामदार र उपकरण सप्लायर्स, उपकरण जडान लगायतका सबै कुरामा चीनकै भर पनुैपर्ने अवथा रहेको जलविद्युत् प्रवद्र्धकहरू बताउँछन् ।

प्रकाशित : ४ फाल्गुन २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह