Logo

Banner-news

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा, प्रधानमन्त्रीलाई नैतिक संकट !


GDP Nepal
   ८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजिनामा दिएका छन् ।

मन्त्री बाँस्कोटाको घुस प्रकरणले प्रधानमन्त्री केपी ओलीमा समेत नैतिक संकट देखिएको छ । कतिपयले ओली समेत यसमा संलग्नता रहेको आशंका गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस ९सुरक्षण मुद्रण० खरिद प्रक्रियामा ७० करोड रुपैयाँ एजेन्टसंग घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले अपरान्ह प्रधानमन्त्रीसमक्ष राजिनामा बुझाएका हुन् ।
यता सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भ्रष्टाचारको संकेत पाएको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । यसबारे सञ्चार मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधिहरुले दिएको जवाफमा समेत चित्त नबुझाएका सांसदहरुले गलत जवाफ दिएको भए कारबाहीको भागिदार बन्नुपर्ने चेतावनीसमेत दिए ।

सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सेक्युरिटी प्रेसबारे छलफल भएको थियो । छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बोलाइएको थियो ।
उनीहरुलाई सुरुमा लेखा समितिका सभापति भरत शाहले सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदका निर्णयमा थुप्रै अस्पष्टता रहेको भन्दै प्रश्नहरु राखेका थिए । तर, सुवेदी र पौडेलले दिएको जवाफमा सांसदहरुले चित्त बुझाएनन् ।

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह