Logo

Banner-news

फूल चोरिएपछि पशुपतिका सदस्यसचिवले लेखेः भगवान हामीलाई सद्बुद्धि दिनुहोस् !


GDP Nepal
   १० फाल्गुन २०७६, शनिबार


काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रको फूल चोरी भएपछि जो कोहीको पनि मन दुख्नु स्वाभाविक हो । यस वर्षको महाशिवरात्रि पर्वलाई भव्य बनाउन खटिएका अधिकारीहरुको महिनौंदेखिको मेहनत शनिबार एकाविहानै खेर जाँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले मर्मस्पर्शी टिप्पणी लेखेका छन् ।

उनले फूलको कुरा शीर्षकमा आफूलाई यस घटनाले नमज्जा लागेको तथा दिक्क लागेको जनाएका छन् । तीनकुनेको दुवो चोरिएको घटनसमेत स्मरण गर्दै ढकालले लेखेका छन्, भगवान हामीलाई सद्बुद्धि दिनुहोस् ।

प्रस्तुत छ ढकालको टिप्पणी जस्ताको तस्तैः

फूलको कुरा ।।।।

यसपालीको महाशिवरात्रीपर्वमा पशुपति परिसरलाई फूल र प्रकाशले सजाउने सोचियो । अनि तत्काल प्रश्न तेर्सियो – बाँदरबाट कसरी जोगाउने होला ? त्यही पीरमा बसिरहेको थिएँ ।

आज विहानै मन्दिरक्षेत्र पुग्दा निकै नमज्जा लाग्यो । दिक्क पनि लाग्यो – किन हामी यसरी सुन्दरतालाई लुछ्न उद्यत हुन्छौँ भनेर । जुन बाँदरको चिन्ता गरेको हो ती ठाउँका फूल सुरक्षित छन् तर हामी मान्छेको हात पुग्ने ठाउँका फूल चाहिँ छैनन् । केहीसमयअघि तीनकुनेमा दुबो चोरेका हामीहरु झन फूलैफूल भएको ठाउँमा त कसरी पो चुप लाग्न सक्थ्यौँ र ?

फूलले त सजाउने तर शिवरात्री पछाडि कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा जवाफ थियो – पहिले फूलको सौन्दर्यको आनन्द लिउँ । सौन्दर्यको आनन्द लिनुभन्दा पहिल्यै फोहरमा किन मस्तिष्क खर्च गर्नु ?

अब थाहा भयो हाम्रा यी दुबै पीर त लिनै नपर्ने खालका रहेछन् ।

भगवान श्रीपशुपतिनाथसँग प्रार्थना गर्दछु – हामीलाई सद्बुद्धि दिनुहोस् ।

प्रकाशित : १० फाल्गुन २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह