Logo

Banner-news

कोरोना नियन्त्रणलाई बिल गेट्सद्वारा १५ अर्ब, चिनियाँ राष्ट्रपतिले पठाए धन्यवाद पत्र !


GDP Nepal
   ११ फाल्गुन २०७६, आइतबार


बेइजिङ (एजेन्सी) । संयुक्त राज्य अमेरिका र चीनबीच सम्बन्ध त्यति हार्दिकतापूर्ण नरहे पनि चीनमा फैलिएको विनासकारी नोबल कोरोना भाइरस नियन्त्रणका लागि अमेरिकीहरुले उदारतापूर्वक सहयोग गरिरहेका छन् । विश्वकै धनाढ्य माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले झन्डै १५ अर्ब रुपैयाँ बराबर अर्थात १० करोड अमेरिकी डलर बराबरको सहयोग गरेका छन् ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै गेट्सलाई पत्र पठाएर धन्यवाद दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति चिनफिङले पत्रमा लेखेका छन्, “तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु, अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धता प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।”

सी ले चीन अहिले महामारी विरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गरेको पनि सिन्ह्वाले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो ।

महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए ।

कोविड–१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह