Logo

कर्पोरेट-बजार

पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर


GDP Nepal
   १३ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले टेलिकमको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको टेलिकम र फास्ट बलरका रूपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने बताए । सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए ।

समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए । यो सहकार्यले क्रिकेट खेलका साथै टेलिकमद्वारा प्रदत्त सेवाहरू र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

एक वर्षको लागि गरिएको सम्झौताअन्तर्गत टेलिकमका सेवा सुविधाहरू तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनका विविध क्रियाकलापहरूमा खड्का सहभागी हुनेछन् ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह