Logo

बिजनेस होम

ललित अन्तर्राष्ट्रिय व्यापार मेला चैत २६ गतेदेखि


GDP Nepal
   १४ फाल्गुन २०७६, बुधबार


ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा बर्सेनि हुँदै आएको अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष चैत अन्तिम साता हुने भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी चैत २६ देखि ३० गतेसम्म मेला आयोजना हुने जानकारी दिएको छ ।

यस वर्षको मेलामा भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायत देशले प्रर्दशनीमा भाग लिनेछन् । संघका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार आगन्तुक देशका लागि हालसम्म ४० वटा स्टल छुट्याइएको छ । ‘सहभागिता बढ्ने क्रममा रहेको र आगामी दिनमा स्टलको संख्या बढाउन सकिने उनको भनाइ छ ।

मेलामा कुल १२० वटा स्टल रहनेछन् । पुल्चोकस्थित मदन स्मारक परिसरमा आयोजना हुने मेला नयाँ बर्षको पुर्वसन्ध्यामा आयोजना हुने हुँदा अवलोकनकर्तासँगै किनमेल पनि राम्रो हुने अपेक्षा गरेको संघका अध्यक्ष महर्जनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कला नगरीको रुपमा परिचित ललितपुर विशेषतःहस्तकलाको परिचित छ । प्रर्दशनीमा अधिकाशं हस्तकलाका सामान प्रर्दशित हुने अपेक्षा छ । मेला ललितपुर महानगरपालिकासँग सहकार्यमा आयोजना हुँदैछ । इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिको बजार तथा मेला व्यवस्थापनमा आयोजना हुँदैछ ।

मेलाका संगीतको आनन्द लिदै नेवारी तथा अन्य खानाको मज्जा लिन सकिने जनाइएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह