Logo

कर्पोरेट-बजार

महासंघमा वरिष्ठ उपाध्यक्षको रस्साकस्सी, परिसंघमा भने अग्रवाल सर्वसम्मत !


GDP Nepal
   १६ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी नेताहरुबीच तीब्र धु्रवीकरण भइरहेका बेला निजी क्षेत्रकै अर्को संगठन नेपाल उद्योग परिसंघले भने सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष चयन गरेको छ । महासंघको जस्तै परिसंघमा पनि वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

परिसंघमा यसअघि दुई कार्यकाल उपाध्यक्ष रहेका विष्णुकुमार अग्रवाल वरिष्ठ उपाध्यक्षमा मनोनीत भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्थाअनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो ।

रिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषद्को सदस्यका साथै विभिन्न समितिको संयोजकका रूपमा सेवा गर्दै आएका छन् । परिसंघको विगत १३ औं वार्षिक साधारणसभापछि उपाध्यक्ष पदमा निर्वाचित उनी नेपालको विभिन्न उद्योग, बैंक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आबद्ध छन् ।

परिसंघसँग आबद्ध सीएनआई वार्इर्इएफको संस्थापक समेत रहेका अग्रवाल परिसंघबाट विगत वर्षहरूमा आयोजित तीनवटा पूर्वाधार सम्मेलनहरूको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

निजी क्षेत्रकै अर्को संस्था नेपाल चेम्बर अफ कमर्समा पनि वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अर्को कार्यकालमा नेतृत्व सम्हाल्दैछन् ।

प्रकाशित : १६ फाल्गुन २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह