Logo

Banner-news

नेपालले युरोपेली मुलुकलाई पनि अन–अराइभल भिसा रोक्यो !


GDP Nepal
   २७ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । विश्वमा कोरोना संकट गहिरिँदै गएपछि केही युरोपेली मुलुकका नागरिकलाई पनि अन अराइभल भिसामा रोक लगाइएको छ । कोरोनाबाट प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने अध्यागमन कार्यालयले जनाएको छ ।

कोरोना संकट बढेपछि पछिल्ला तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय भएको अध्यागमन कार्यालयले जनाएको छ ।

सरकारले अघिल्लो साता कोरोना भाइरसको संक्रमण बढी देखिएका पाँच देश चीन, इरान, दक्षिण कोरिया, जापान र इटालीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको थियो ।

यी देशका नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदा सम्बन्धित देशका नेपाली दूताबास वा नियोगमा स्वस्थ रहेको प्रमाणपत्र बुझाएर भिसा लगाउनुपर्छ ।

यता, कतारले नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसबाट नेपाली कामदार कतारमा कामका लागि जान पाउने छैनन् भने कतारबाट आउने रेमिट्यान्स आप्रवाहमा पनि असर पर्ने देखिन्छ ।

प्रकाशित : २७ फाल्गुन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह