Logo

Banner-news

मुकेश अम्बानी रहेनन् एसियाकै धनी, चिनियाँ धनाढ्य ज्याक मा उक्लिए


GDP Nepal
   २७ फाल्गुन २०७६, मंगलबार


नयाँदिल्ली (एजेन्सी): एसियाकै धनीको ताज भारतीय ऊर्जा टाइकुन मुकेश अम्बानीबाट खोसिएको छ । विश्वव्यापी स्टकको साथमा तेलको मूल्यमा भारी गिरावट भएपछि अम्बानी दोस्रो धनीमा झरेका हुन् । उनको स्थान चिनिायाँ धनाढ्य ज्याक माले लिएका छन् ।

ब्लुमबर्गका अनुसार सोमबार अम्बानीको कुल सम्पत्तिमा ५ अर्ब ८० करोड डलर बराबरले गिरावट आएको छ । यससँगै अम्बानीको सम्पत्ति ज्याकमाको भन्दा करिब २ अर्ब ६० करोडले कम भएको छ ।

अलिबाबा ग्रुप होल्डिङ लिमिटेडका संस्थापक ज्याक माको कुल सम्पत्ति साढे ४४ अर्ब डलर बराबर रहेको छ । यससँगै उनी एसियाको धनीमा शीर्ष स्थानमा छन् । नोबल कोरोना भाइरसको प्रसारले विश्वलाई मन्दीमा पार्छ भन्ने त्रासले झनै चर्किंदै जाँदा भारतीय धनाढयको सम्पत्ति घट्नु र चिनियाँ भने नम्बर एकका उक्लिनुलाई रोचक मानिएको छ ।

सोमबार कच्चा तेलको मूल्यमा सबैभन्दा बढी गिरावट आएसँगै अम्बानीको लगानी रहेको रिलायन्स इन्डस्ट्रीज लिमिटेडको सेयर मूल्य पनि ओरालो लागेको थियो ।

प्रकाशित : २७ फाल्गुन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह