Logo

Banner-news

बतास समूहद्वारा आनन्द पशुपति धर्मशालालाई क्वारेन्टाइन बनाउन प्रस्ताव


GDP Nepal
   ९ चैत्र २०७६, आइतबार


काठमाडौं । व्यवसायीले राज्यबाट सुविधामात्रै खोज्छन् भन्ने चर्चा चलिरहेका बेला एक व्यावसायिक समूह भने सरकारसँग करोडौं तिरेर भाडामा लिएको भवन क्वारेन्टाइनका लागि उपलब्ध गराउन तयार भएको छ ।

काठमाडौं उपत्यकाभित्र कोभिड–१९ कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टाइनस्थलको खोजी जारी रहेका बेला व्यावसायिक घराना बतास अर्गनाइजेसनले विकल्प दिएको छ । बतास समूहले सञ्चालन गरिरहेको तिलगंगास्थित नेपाल भारत मैत्री धर्मशाला (आनन्द पशुपति)लाई अस्थायी क्वारेन्टाइनका लागि उपलब्ध गराउन तयार रहेको बतास समूह तथा बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।

अध्यक्ष बतासका अनुसार संकटका बेला सामाजिक उत्तरदायित्व महसुस गरी नेपाल सरकारलाई स्वफूर्त सहयोग गर्ने घोषणा समूहले गरेको हो । “कोरोनाको सम्भावित संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सुविधासम्पन्न यस धर्मशालालाई कोभिड–१९ क्वारेन्टाइन आवासको रूपमा प्रयोग गर्ने गरी हामीले प्रस्ताव गरेका हौं,” अध्यक्ष बतासले भने, “राज्यलाई संकट परेको बेला हामी निजी क्षेत्रले सुविधा माग्ने होइन, सहयोग गर्ने हो भन्ने भावनाअनुसार यस्तो निर्णय लिएका हौं ।”

उनका अनुसार आनन्द पशुपतिलाई कोभिड १९ क्वारेन्टाइन आवासको रूपमा प्रयोग गर्ने गरी नेपाल सरकारलाई स्वफुर्त सहयोग गर्न समूह तयार भएको हो ।

समूहका अनुसार कुल ८० कोठा रहेको यस धर्मशाला अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रहेको छ । बतास समूहले खुला प्रतिस्पर्धाबाट न्यूनतम शुल्कमा सञ्चालन अनुमति पाएको यस धर्मशालामा चिसो÷तातो पानीको व्यवस्था, एयर कन्डिसनर, टिभीलगायतका सुविधा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गत वर्ष संयुक्त रुपमा उद्घाटन गरेको यो धर्मशालामा मेडिटेसन हल, ६५ गाडी पार्किङ तथा १०० जनाको क्षमता रहेको किचनसमेत रहेको छ ।

प्रकाशित : ९ चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह