Logo

Banner-news

कोरोना महामारी रोक्न ‘लकडाउन’ मात्र पर्याप्त छैनः डब्लूएचओ


GDP Nepal
   ११ चैत्र २०७६, मंगलबार


जेनेभा (एजेन्सी)ः विश्वका धेरै मुलुकले कोरोना भाइरस रोक्न नागरिकलाई घरमै राख्ने व्यवस्था अर्थात लकडाउन गरिरहे पनि यसले मात्र कोरोना संक्रमण प्रसारको जोखिम कम नहुने देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

कोरोनालाई विश्वव्यापी महामारीको संज्ञा दिइसकेको डब्लूएचओले लकडाउनभन्दा कठोर निर्णय लिन पनि सम्बन्धित राष्ट्रहरुलाई आग्रह गरिरहेको छ । डब्लूएचओका प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको भन्दै लकडाउनभन्दा माथि उठेर काम गर्न चेतावनी दिएका बीबीसीले जनाएको छ ।

विश्वमा कोरोना संक्रमणको पहिलो केस भेटिएको ६७ दिनपछि १ लाखमा सङ्क्रमण पाइयो । त्यसको ११ दिनमै अर्को एक लाखमा कोरोना भाइरसको संक्रमण देखियो । त,र त्यसको चार दिनमै यो संख्या बढेर ३ लाख पुग्यो । यसरी तीब्र गतिमा प्रसार भइरहेको कोराना भाइरस रोक्न कठोर बन्नुपर्ने डब्लूएचओले जनाएको छ ।

डब्लुएचओ प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताए । उनका अनुसार मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर परेर बस्ने अवस्था छैन ।

प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने डब्लुएचओले बताएको छ।

यता, जी २० समूहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनलाई पनि पनि निम्त्याइएको बीबीसीले जनाएको छ।

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह