Logo

Banner-news

करोड सहयोग गर्नेमा भाटभटेनी, ग्लोबल आईएमई, नर्भिक र लक्ष्मीपछि विशाल ग्रुप


GDP Nepal
   १३ चैत्र २०७६, बिहिबार


काठमाडौं । कोरोना भाइरसविरुद्ध लड्न सरकारले दातृ निकायसँग हात फैलाइरहेका बेला मुलुकभित्रकै निजी क्षेत्रबाट राम्रो सहयोग संकलन हुन थालेको छ । हालसम्म निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले १० करोड सहयोग घोषणा गरिसकेको छ भने स्वदेशी व्यावसायिक घरानाले पनि धमाधम सहयोगको घोषणा गर्न थालेका छन् ।

सहयोगको घोषणा गर्ने व्यावसायिक समूहमा भाटभटेनी समूह सबैभन्दा अगाडि रह्यो । मीनबहादुर गुरुङ नेतृत्वको यो समूहले १ करोड सहयोगको घोषणा ग¥यो भने यसपछि वसन्त चौधरी नेतृत्वको नर्भिक समूहले पनि १ करोड नै सहयोग गर्ने घोषणा गरिसकेको छ । यस्तै, पोखरेली व्यवसायी गणेशबहादुर श्रेष्ठ नेतृत्वको लक्ष्मी ग्रुपले पनि बुधबार १ करोड सहयोगको घोषणा गरिसकेको छ ।

यस्तै, चन्द्र ढकाल नेतृत्वको ग्लोबल आईएमई बैंकले पनि १ करोड १५ लाख सहयोगको घोषणा यसअघि नै गरिसकेको छ ।

नेपालमा ठूलो व्यावसायिक साम्राज्य रहेको विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

यतिमात्र नभइ भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरुसँग सहकार्यसमेत गरिरहेको जनाएको छ ।
‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभावभोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरुप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ,’ भीजीले विज्ञप्तिमा भनेको छ ।

कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्तिबाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्क वितरण गरेको थियो ।

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह