Logo

Banner-news

कोरोना भाइरस मानवताका लागि खतरा, दशौं लाख मानिसको ज्यान जानसक्ने राष्ट्रसंघको चेतावनी


GDP Nepal
   १३ चैत्र २०७६, बिहिबार


न्यूओर्क (एजेन्सी): कोरोना महामारीले संसारलाई चिन्तित बनाइरहेका बेला संयुक्त राष्ट्रसंघले यसविरुद्ध कुनै मुलुकको एक्लो लडाइँले जित सम्भव नरहेको जनाएको छ । राष्ट्रसंघले यो मानव जातिकै लागि खतरा भएको समेत जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताएका छन् । उनले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताए ।

बीबीसीका अनुसार आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ। महासचिवले विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।

विकसित मुलुकहरूमा नियन्त्रण गरिने र अन्य मुलुकमा फैलिन दिने हो भने भाइरसले स्वरूप परिवर्तन गर्ने र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्ने उनको चेचतावनी छ ।

यता, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ। सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा सङ्केत देखिएको डब्लु एच ओ ले बताएको छ।

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह