Logo

लकडाउन अघिसम्म रेमिट्यान्स बढेको तथ्यांक, आठ महिनामै ६ खर्ब !




काठमाडौं । कोरोनाभाइरसको प्रभाव फैलिनुअघि फागुन महिनासम्म मुलुकमा विप्रेषण आप्रवाह बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स १.८ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ४२ करोड भित्रिएको छ ।

यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिने को संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्