Logo

Banner-news

कोरोनाप्रभावित निजी क्षेत्रलाई राष्ट्र बैंकको राहत, यस्ता छन् ६ बुँदे नीतिगत व्यवस्था


GDP Nepal
   १४ बैशाख २०७७, आइतबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को प्रकोपका कारण अर्थतन्त्रमा सिर्जना भएको प्रतिकूलतालाई सम्बोधन गर्न ६ बुँदे कार्ययोजना ल्याएको छ । कोभिडका कारण समस्यामा पर्न लागेको अर्थतन्त्रलाई विस्तार र स्थायित्वको मार्गमा अगाडि वढाउन केन्द्रीय बैंकले यस्तो नीति ल्याएको हो ।

आइतबार जारी नीतिअनुसार चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख छ । यस्तै, कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने जनाइएको छ ।

केन्द्रीय बैंकका अनुसार साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ कोप्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी राष्ट्र बैंकबाट प्रदान गरिने पुनर्कर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिने उल्लेख छ । साथै, ६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकताअनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत मिलाइने उल्लेख छ ।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने तथा कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिनेसुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख छ ।

यस्तै, लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिन व्यवस्था मिलाइने उल्लेख छ ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह