Logo

Banner-news

‘साना उद्योगी–व्यापारीलाई कि राहत प्याकेज देऊ, कि मारीदेऊ’


GDP Nepal
   १९ बैशाख २०७७, शुक्रबार


काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन ३९ औं दिनमा आइपुग्दा व्यावसायिक क्षेत्र तहसनहस छ । विशेषगरी साना व्यवसायीले बैंकलाई ब्याज, कर्मचारीलाई तलब र घरबेटीलाई भाडा मुख्य समस्याका रुपमा रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले साना उद्यमीको पीडा झल्काउने मार्मिक स्टाटस लेखेका छन् । बैंकको चर्को ब्याजदर र सरकारको अकर्मण्यताप्रति चोटिलो व्यंग्य प्रहार गरिरहने श्रेष्ठले साना तथा मझौला उद्यमीको पक्षमा यसरी नै बारम्बार लेख्दै आएका छन् ।

दिनेश श्रेष्ठ

ख्वामित, सरकार, गरिप्रभु, हामी साना उद्योगी, व्यापारीलाइ कि राहत प्याकेज देऊ, कि मारीदेऊ । लकडाउनले बेरोजगार भयौं । ब्याज, तलब, भाडा दिन छैन पैसा, छैन काम । न माग्न सक्छौं न भोकै बस्न सक्छौं । कामगरी खाने बर्ग के गरि खाने काम गर्न नसके पछि। काम नगरेको ४५ दिन के गरि बाँच्ने ? कि हामीमात्र सबै मर्ने ? कर्मचारी तलब माग्छन् । बैंक सावा ब्याज चुस्छ । औद्योगिक क्षेत्र सरकारको आदेश अवज्ञा गरि बहाल माग्छ, घरधनी कसरि बहाल छोड्छ ? आज्ञा होस् । आदेश पाऊँ ।

श्रेष्ठ यतिमै रोकिएनन् । बैंकको ब्याजबारे यसरी लेखेका छन् ।

बैंकको ध्याउना कसरी अर्ब कमाउने, कसरी ग्राहक चुस्ने ? हामी साना उद्योगी व्यवसायीको पीडा कसरी कर्मचारी र परिवार पाल्ने ।

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह