Logo

आज ५७ जना कोरोना संक्रमित थपिए, कुल संख्या १९१ पुग्यो




काठमाडौं । मंगलबार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित संख्या १९१ पुगेको छ ।

मंगलबार संक्रमण पुष्टि भएकामध्ये सबै पुरुष छन् । उनीहरु कपिलवस्तुका ८ जना तथा रुपन्देही जिल्लाका ९ जना छन् । यस्तै पर्सा जिल्लाका ३९ जना र बाराका एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्