Logo

Banner-news

घरबेटीलाई खुलापत्रः व्यावहारिक नबन्ने हो भने घर फिर्ता लिनुस् !


GDP Nepal
   ३१ बैशाख २०७७, बुधबार


काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा निकै स्थापित नाम हो ज्योति अधिकारी । ट्राभल एजेन्सीका क्षेत्रमा अन्तरराष्ट्रिय क्षेत्रसम्म ख्याती कमाएका अधिकारी होटललगायतका अन्य पर्यटन सम्बद्ध क्षेत्रमा पनि संलग्न छन् ।

ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्षसमेत रहिसकेका अधिकारीले कोरोनाभाइरसले नेपालको पर्यटन क्षेत्रमा परेको प्रभाव र त्यसबाट पर्यटन व्यवसायीले कस्तो क्षति बेहोर्नु परिरहेको छ भनेर मार्मिक पत्र लेखेका छन् ।

पर्यटकस्तरका र तारे होटलहरुको संगठनले ६ महिनासम्म होटल बन्द गर्ने निर्णय गरी कर्मचारीलाई तलब साढे १२ प्रतिशतमात्र दिने निर्णय गरिसेकेको अवस्थामा तिब्र विरोध भइरहेको छ । पर्यटक आगमन शून्य रहँदा अहिले घरबहाल अर्को ठूलो समस्याका रुपमा देखिएको छ ।

घरबहाल समस्या समाधानका लागि घरबेटीहरु व्यावहारिक बन्नुपर्ने भन्दै ठमेलस्थित होछल होली हिमालयका सञ्चालकसमेत रहेका पर्यटन व्यवसायी ज्योति अधिकारीले लेखेको पत्र र यसअघिको पृष्ठभूमिः

ज्योति अधिकारी

12 बर्ष ! कल्पना नै नगरेको होटेलियर बनियो ! Peak days मा हरेकदिन २०० भन्दा बढि शंन्सारभर बाट आयका middle budget का पर्यटकहरुॅमा स्तरिय सेवा सहित खुस दिनु/ लिनु कति चुनैतिछन हाम्रा जस्ता देशहरुमा, बताई रहनु पर्दैन!

अति उच्चस्तरिय पानी देखी नं १ ग्रेडको चिया/ कफि र कुकिजहरु anytime available on no cost, आफ्नै फाम काे तरकारी देखि बेकरी, प्रशस्त परिकारका breakfast… गर्न सक्ने/ मिल्ने सबैचिज भय/ गरिय! महिनामा २० लाख भन्दाबढि भाडा बुझिरहेका घरमीलिकहरु ब्यबहारिक नबने… अब ति भवनहरु उनिहरुलाईनै फिर्ता गरिनुका बिकल्पहरु छैनन!

अहिलेहामी उहाहरुसंग नम्र भाषामा ब्यबहारिक negotiation को चरणमानै छौं !

घरधनि ज्युहरु,

होटल होलि हिमालय, ब्रह्माकुमारी मार्ग, ज्याठा, ठमेल!

बिषय: घरभाडा र घरउपयोगको समायबधि readjustment गर्ने संबन्धमा!

पर्यटनको बर्तमान अबस्था र संकट याहांहरुलाई बताई रहनु पर्ने छैननै! हालपनि बिभिन्न भवनहरुको शुरक्षा, सरसफाई र ताजापन नबिगार्न झन्डै १२ जना सम्म कर्मचारीहरु बिभिन्न रुपमा २४ घन्टा खटिरहेको अबस्था छ!

बजारबाट उठ्नु पर्ने पैसाहरु उठेका छैनन, तत्काल उठ्नसक्ने अबस्थापनि देखिदैन! यस्तो अबस्था हामिले तपाईघरधनि र अन्य सबैको उचित सहयोगबिना होटल संचालन भईरहन संभव देखेका छैनौ! तपाईको तर्फबाट आस र बिस्वास गरेको सहयोग model निम्न खालको रहेको छ! २०१९ बर्षमा नेपाल आयका पर्यटकको संख्यालाई आधार बनाउने र २०२० को पहिलो महिनादेखिनै जुन ratio/ दर मा पर्यटकहरु आगमन घटबड हुन्छ/ रहन्छ त्यहि आधारमा घरभाडा re-adjustment गर्ने!

नेपाल पर्यटन बोर्डसंगरहने डाटानै हाम्रा भरपर्दो एउटै आधार हुनेछ। जस्तो २०१९ मा १२ लाख पर्यटकहरु आगमन भयको र २०२० घटेर ६ लाखको संख्यामा सिमित रहेमा घरभाडापनि ५० % प्रतिशतमा re-adjustment को लागि दुबै पक्ष सहमत रहने! त्यस्तै पर्यटकहरु आगमन पुरानो अबस्था (२०१९) बाट माथि नचढेसम्म घरभाडा समय सिमा या अबधि count नगर्ने । अर्थात पुरानो (२०१९) को अबस्थामा फर्कन २ बर्ष लागेमा सो २ बर्ष घरभाडा संझोता अबधिमा बिना कुनै शर्त सोतह थप हुने/ गर्ने!

आशा छ यो सबैभन्दा वैज्ञानिक र मानविय उपाय तपाईहरुलाई स्वकार्य हुनेछ नै! अन्यथा तपाईहरुको भवनमा होटलकालागि उपयुक्त बनाउन हामीबाट भयका लगानिहरुको क्षतिपुर्ति उपलब्ध गराई (२०२०/January बाटनै ) आफ्ना भवमहरु फिर्तालिन सक्नुहुनेछ। हामिपनि यो ठाउंबाट सदाकोलागि होटल ब्यबसायबाट खुसिका साथ बाहिरिने छौं! अहिले सम्म तपाईहरुबाट पायको सहयोग र आत्मियताको लागि धन्यवाद सहित!

ज्योति अधिकारी

संचालक होटल होलि हिमालय

May 13, 2020

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह