Logo

Banner-news

काठमाडौंका घरबेटीलाई प्रश्नः छिर्नै नदिएको कोठाको भाडा किन तिर्ने ?


GDP Nepal
   ३ जेष्ठ २०७७, शनिबार



भुवन थापा

भुवन थापा

हाम्रो पुस्ताले अहिलेसम्म सामना र कल्पना गर्नुनपरेको जटिल समयको सामना गर्नु पर्दैछ । विश्व स्वास्थ्य संगठनको कुरा आधार मान्दा त कोरोनाको प्रभाव अहिले त्यतिकै सहजरुपमा नसिकिने प्रष्ट हुन्छ । १ जना संक्रमित देखिदा नेपालमा सुरु भएको लकडाउन २ महिना पुग्न लाग्दा झन कडाइ हुँदैछ ।

कतिपय देशले लक डाउनलाइ थेग्न नसकेर संक्रमित बढिरहे पनि खोल्न थालेका छन् भने नेपालले त्यो आट गर्ने सकिने देखिदैन । एकपटक खुकुलो पारिएको लक डाउन झन् कडा भएको छ ।

अहिलेको तथ्यांक हेर्दा कुल संक्रमितको ५ प्रतिशत मृत्यु भएको देखिन्छ । त्यसैले अब विश्वको कुल जनसंख्या ७।८ अर्बको ५ प्रतिशत अर्थात ४० करोड जनसंख्याको मृत्यु सामना गर्ने कि केहि वर्षको लक डाउन – प्रश्न निकै गम्भीर छ ।

यसरी कोरोनाको असर बढ्दै जादाँ अहिले काठमाडौंमा केहि घरबेटीले डेरावाललाइ पस्न नदिएको कुरा बाहिर आएको छ । घरबेटीले स्वास्थ्यकर्मी र पत्रकारलाई पस्न नदिएको गुनासो छ ।

राजधानी केहि वडा कार्यालयले त बाहिरबाट आउने डेरावाललाइ पस्न नै नदिन उर्दी जारि गरेका छन् । ललिलपुर महानगरपालिका वडा नम्बर ६ का वडा अधक्ष्य हिटलरले जारि गरको सुचनामा कोठा बहालमा लिएर बस्ने मानिसलाइ प्रवेश गर्न दिदै नदिने र दिए घरबेटीलाइ नै कारबाही गर्ने चेतावानी दिएको छ । हिटलरले पनि यहुदीलाइ नलाएको कडा नियम वडा अधक्ष्य हिटलरले डेरावाललाइ आउने दुस्साहस गरेका छन् ।

तर के बन्द कोठाको भाडा तिरिरहेका डेरावाललाइ आफ्नो कोठामा प्रवेश नदिने कुन नियमले दिन्छ ? डेरावाल बाहिर बसेर भाडा तिरिहने र घरबेटी डेरावाललाइ प्रवेश नदिएको बन्द कोठाको घरभाडा खाएर बसिरहेने ? हो अहिलेको समय अनुसार काठमाडौं बाहिर संक्रमित भएको जिल्लाबाट सकेसम्म मानिस अरु जिल्ला जानु हुदैन । तर अतिआवाश्यक काम परेर राजधानी फर्किनु पर्ने बन्द कोठाको भाडा तिरेर सडकमा बस्ने ?

काठमाडौंका घरबेटी आफ्नो निजी घर भाडामा नदिन पूर्ण अधिकार हुन्छ । तर भाडामा दिएर मनपरी गर्न पाईदैन भन्ने चेतना होस् । घरबेटीले कबोल गरेको भाडा तिरेर बसिसकेपछि डेरावालको नि हक अधिकार हुन्छ ।

काठमाडौंका अधिकांश घरबेटी डेरावालले तिर्ने घरभाडाबाट नै दैनिक गुजारा गर्छन र यहाँका स्थानीय तहं पनि डेरावालले तिर्ने करबाट नै चलेका छन् भन्ने कुरा ख्याल गरियोस । कोरोनाको जोखिम ठाउँबाट अतिआवश्यक परेर आफ्नो कोठामा आउनेलाइ घरबेटी र स्थानीयतहले समन्वयन गरेर कोरोना जाचँ गर्ने सहजीकरण गर्ने हो । आफ्नो कोठामा पस्न नदिने हैन ।

काठमाडौंका केही घरबेटी , समाज र स्थानीय तहलाई धेरै सुरक्षित बस्नुपर्ने छ भने काठमाडौंका बाहिर पुगेका डेरावाललाइ फोन गरेर अहिले तत्काल कोठामा नफर्किन र कोरोनाको जोखिम कायम रहंदा र कोठा बन्द हुँदासम्म कोठा भाडा तिर्नु पर्दैन भनियोस । फर्किनु पर्नेले वैकल्पिक ठाउँमा बस्ने व्यवस्था गर्नेछन ।

हैन भने मासिक कोठाभाडा तिरिरहेका डेरावालले बन्द कोठाको घरभाडा तिर्ने छैनन । डेरावालको बिद्रोह हुनेछ । चेतना भएस ।

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह