Logo

Banner-news

राष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेको वन नै लकडाउनमा तस्करको कब्जामा (फोटोफिचर)


GDP Nepal
   ९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौं । लकडाउनको मौका छोपेर वन जंगलमा तस्करी बढेको छ । मुलुकभर लकडाउन गरिएसँगै सर्वसाधारण घरमै थुनिएका छन् तर तस्करहरु भने वनमा निर्वाध रुख कटान गरिरहेका छन् ।

तस्करहरुलाई कतै प्रहरी प्रशासन र स्थानीय तहको समेत संरक्षण छ कि भन्ने आशंका पनि छ । सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले जथावारी भइरहेका वन फँडानीका तस्बिरहरु सार्वजनिक गर्दै प्रदेश सरकारको भूमिकाप्रति प्रश्न गरेका छन् ।

रावलले लेखेका छन्ः
कठै हाम्रो संवेदनशील र अन्तर्राष्ट्रिय जैविक महत्व भएको चुरे भावर बन क्षेत्र !
आशा र भरोसाकी केन्द्र बिन्दु मानिएकी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी चुरे भावर संरक्षण कार्यक्रमकी संरक्षक छन्। तत्पश्चात झन वन वातावरण र चुरे भावर र कैलालीको डुडेझारी लगायत जैविक मार्ग र संवदनशील वनहरुको बलात्कार र पूर्णतया दोहन भैरहेको छ।

अति भयो प्रदेश सरकार कसबाट चलिरहेको छ ??? जनता लकडाउनमा यता सरकार माफिया मार्फत वन फँडानीमा ! कैलाली कंचनपुर मरुभूमि बनाउन वर्तमान सरकार प्रदत्त !!!

वैज्ञानिक वन व्यवस्थापन भनेको रुखहरु काटने र नयाँ रुखहरुका पोथ्राहरु गाइबस्तुहरु लगाएर चराउने !!! खोइ प्रदेशको वन तथा वतावरण मन्त्रालय र वन प्राविधिकहरु ??? यस्तो ब्रह्मलुट कतै देखियन !!! यो सरकारले केही बाकी नराख्ने भो मेरो सुदुरपश्चिम सरकार !

हेर्नुहोस् सुदूरपश्चिम प्रदेशमा वन फँडानीको यो अवस्था

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह