Logo

Banner-news

गणेशमान सिंह अध्ययन प्रतिष्ठानको प्रतिवेदन कांग्रेसलाई, २ खर्बको आर्थिक प्याकेजमा जोड !


GDP Nepal
   १२ जेष्ठ २०७७, सोमबार


काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोभिड–१९ ले अर्थतन्त्रमा परेको असर र त्यसको न्यूनीकरणका लागि सरकारले चाल्नुपर्ने कदमका विषयमा गरेको अध्ययन प्रतिवेदन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।

प्रतिष्ठानले राष्ट्रिय योजना आयोगका चार पूर्व उपाध्यक्षसहित दर्जन अर्थशास्त्री तथा सरोकारवालाहरुको सहयोगमा तयार पारेको प्रतिवेदन यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसमक्ष पेश गरेको थियो ।

Survival, Revival, and Beyond: NepalÚs Strategy to Manage the Impact of Covid-19 विषयक अध्ययन प्रतिवेदनमा सरकारले जीडीपीको ५५ अर्थात करिब २ खर्बको आर्थिक तथा राहत प्याकेज तुरुन्त ल्याउनु पर्ने लगायतका सुझाव रहेका छन् ।

यस्तै, जीवनयापनमा समस्या परेकालाई नगद वा खाद्यान्न उपलब्ध गराउनुपर्ने, कोभिड–१९ को व्यापक परीक्षण गर्नु पर्ने, एसईई परीक्षा खारेज गर्नु पर्ने सुझाव प्रतिवेदनमा छन् ।

प्रतिवेदनमा स्वास्थ्यकर्मी लगायत अग्रभागमा रहेर काम गर्नेको मनोबल बढाउन भत्ता तथा सुरक्षाको स्तर बढाउनु पर्ने जस्ता निचोड पनि उक्त अध्ययनको रहेको छ । यसबाहेक अबको नयाँ परिस्थितीमा ग्रामिण क्षेत्रलाई जीवनयापनको अकर्षक थलोको रुपमा विकास गरी आम मानिसलाई ग्रामिण क्षेत्रमा नै व्यवसाय र बसोबास गर्न प्रेरित गर्ने नीति अबल्म्बन गर्नु पर्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

अध्ययन प्रतिवेदन ग्रहण गर्दै दुवै नेताले प्रतिष्ठान तथा अध्ययन टोलीले समसामयीक विषयमा निकै छोटो समयमा नै गहन कार्य गरेको र यसको लागि प्रतिष्ठान र अध्ययन टोली बधाईको पात्र रहेको बताए ।

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह