Logo

Banner-news

कोरोनाले जीडीपीमा १६८ अर्ब नोक्सानी, रेमिट्यान्स ६८ अर्ब घट्यो


GDP Nepal
   १३ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीका कारण प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा १६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान गरेको छ ।

केन्द्रीय बैंकले मंगलबार मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्रमा डेढ खर्बभन्दा बढी क्षति हुने आकलन गरेको हो । यद्यपि, निजी क्षेत्रले भने अहिलेसम्म ४ खर्बको नोक्सानी भइसकेको दावी गर्दै आएको छ ।

केन्द्रीय बैकले गरेको ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण र केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको २.२८ प्रतिशत आर्थिक वृद्धिको अनुमानबीचको अन्तरका आधारमा यो क्षति आकलन गरिएको हो ।

केन्द्रीय बैंकले भनेको छ– विगत तीन वर्ष मा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा चालू आर्थिक वर्षसमेत सोही प्रवृत्ति कायम रहने प्रक्षेपण रहेको थियो ।

तथ्यांकअनुसार २०७६ चैतदेखि २०७७ बैशाखसम्ममा ७ अर्ब १६ करोडको निर्यात र १०० अर्ब ९० करोडको आयात भएको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ३१ करोडको निर्यात र २२९ अर्ब ३ करोडको आयात भएको थियो ।
२०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा करिब ७५ अर्ब ४८ करोड विप्रेषण प्राप्त भएको अनुमान छ । गत वर्षको सोही अवधिमा १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो ।

यस्तै, २०७६ फागुनमा ५ अर्ब १० करोड पर्यटन आय प्राप्त भएकोमा २०७६ चैतमा १ अर्ब ६० करोड प्राप्त भएको छ ।

यद्यपि, मुलुकमा चैत मसान्तमा कायम विदेशी विनिमय सञ्चितिले ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ भने चालु खाता १३५ अर्ब ५४ करोडले घाटामा र शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको छ ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह