Logo

Banner-news

ट्वीटर-ट्रम्प शीतयुद्धः अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने प्रयासः ट्रम्प


GDP Nepal
   १४ जेष्ठ २०७७, बुधबार


अमेरिका (एजेन्सी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटका विषयमा फेरि चर्चा सुरु भएको छ । विभिन्न ट्वीटका कारण बारम्बार विवादमा तानिँदै आएका ट्रम्पको ट्वीटलाई तथ्य जाँच गर्नुपर्ने सूचिमा ट्वीटरले नै राखिदिएको छ ।

ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्न भनेको हो । ट्रम्पले नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हुलाकबाट भोट हाल्ने योजनाको आलोचना गर्दै ट्वीटहरू गरेका थिए । त्यसरी मतदान हुँदा त्यसको दुरूपयोग हुनसक्ने भन्ने उनका ट्वीटको तलपट्टि ट्विटरले प्रयोगकर्ताहरूलाई सचेत गराएको हो।

विस्मयाबोधक चिन्हकासाथ ती ट्वीट मुनि ’हुलाकबाट हुने मतदानबारे तथ्यहरू जान्नुहोस्’ भन्दै निलो रङमा लेखिएको छ । त्यहाँ क्लिक गर्दा ट्विटर प्रयोगकर्ताहरू उक्त दाबीको खण्डन गर्दै लेखिएका समाचारहरूसम्म पुग्छन् ।

ट्विटरले मानिसहरूलाई झुक्याउने सूचनाका विषयमा नयाँ नीति लिने यसै महिनाको सुरुमा बताएको थियो । उसले त्यसबेला आफ्ना केही नीतिहरू अद्यावधिक समेत गरेको थियो जसमा गलत र झुक्याउने जानकारी दिने ट्वीटमा प्रयोगकर्तालाई सचेत गराउने लेबल थप्ने कुरा गरिएको थियो ।

राष्ट्रपतिको पछिल्ला त्यस्ता ट्वीटलाई ’मतदान प्रक्रियाहरूबारे झुक्याउन सक्ने खालका जानकारी’ भएकोले त्यसो गरिएको उक्त कम्पनीले जनाएको छ । ट्रम्पले ट्विटरको यस कदमबारे ट्वीट गर्दै उसले अब सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गर्न लागेको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्– ट्विटरले पूर्ण रूपमा खुला अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठेको छ र राष्ट्रपतिको रूपमा मैले त्यसो हुन दिनेछैन ।

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह