Logo

Banner-news

बाबुराम भट्टराईले केपी ओलीलाई भनेः संविधान संशोधनमा सर्वसम्मति हुन्छ


GDP Nepal
   १४ जेष्ठ २०७७, बुधबार


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधनमा सर्वसम्मति हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा भट्टराईले संविधान संशोधनमा सर्वसम्मति हुने बताए ।

भट्टराई संघीय समाजवादी पार्टीका अध्यक्ष हुन् । मधेशवादी नेताहरुको बाहुल्यता रहेको उनको पार्टीले संविधान संशोधनमा सरकारलाई साथ दिन्छ कि दिँदैन भन्ने आशंकाका बीच उनले आफूहरु संशोनधको पक्षमा रहेको स्पष्ट पारेका हुन् । सरकारले मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सामा लिपुलेख, लिम्पियाधुरला लगायतका क्षेत्र समेटेसँगै यसलाई संविधानको अनुसूचिमा पनि राख्न संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेको छ ।

भट्टराईले सर्वदलीय बैठकमा राखेका आफ्ना धारणाबारे स्पष्ट पार्दै ट्वीट पनि गरेका छन् । जसमा भनिएको छः

प्रमलाई यस्तो सुझाव दिइयो, भौगोलिक अखण्डताको विषयमा दलहरूवीच मतभिन्नता छैन र हुनुहुन्न। भारतसंग वार्ताको नेतृत्व वहाँले नै गर्ने हो । वार्तामा हातमाथि पार्न प्रमले राष्ट्रिय सहमति जुटाउनुपर्छ र सीमारक्षा गरेर बसेका मधेसी थारू लगायत सबैलाई विश्वासमा लिनुपर्छ। संशोधनमा सर्वसम्मति हुन्छ ।

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह