Logo

Banner-news

डोनल्ड ट्रम्प भन्छन्ः फेसबुक, ट्विटर र गुगल छाडा शक्ति हुन् !


GDP Nepal
   १६ जेष्ठ २०७७, शुक्रबार


अमेरिका (एजेन्सी): अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगल लगायतका कम्पनीहरूलाई छाडा शक्तिको संज्ञा दिएएका छन् । उनले बारम्बार सामाजिक सञ्जालहरूले एउटा पक्षको विचारलाई नियन्त्रण गरेको आरोप लगाउँदै आएका छन्।

ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सामाजिक सञ्जाल कम्पनीले प्रकाशित सामग्रीबारे पाइरहेको कानुनी उन्मुक्तिलाई सीमित पारिदिएका छन् । आफ्ना दुई ट्वीटले भ्रम सिर्जना गर्नसक्ने भन्दै ट्विटरले तथ्यजाँच गर्न प्रयोगकर्ताहरूलाई सुझाव दिएपछि ट्रम्पले सो आदेशमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पले सामाजिक सञ्जालक शक्तिको भरमा उनीहरूले मानिसहरूको विचारलाई सीमित पार्न खोजेको भन्दै त्यसलाई रोक्न चाहेको बताए। यसअघि बुधवार ट्रम्पले ट्विटरलाई चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए।

अहिलेको अमेरिकी कानुन अनुसार सामाजिक सञ्जाल कम्पनीहरू सामान्यतः प्रयोगकर्ताले लेखेका कुराप्रति जिम्मेवार हुँदैनन् । तर प्रकाशित कुनै कुरा गैरकानुनी भए तर्कसङ्गत ढङ्गबाट प्रतिबन्ध लगाउन भने सक्छन्।

नयाँ आदेशमा भनिएको छः यदि प्रयोगकर्ताका सामग्रीलाई सामाजिक सञ्जालले सम्पादन गर्छन् भने हालको कानुनी उन्मुक्ति लागु हुँदैन। ट्रम्पले कपटी ढङ्गबाट सामग्री प्रतिबन्धित गर्ने र हटाउने कुरालाई उन्मुक्ति दिन नहुने बताए।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह