Logo

Banner-news

लकडाउनमा भारतको नक्कल गर्दा सरकार असफलः प्रतीक प्रधान


GDP Nepal
   २५ जेष्ठ २०७७, आइतबार


काठमाडौं । वरिष्ठ पत्रकार तथा बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले कोरोना नियन्त्रणका नाउँमा सरकार एक्लै अघि बढ्न खोजेको र विज्ञ समुदायको समेत कुरा सुन्न नसकेको गुनासो गरेका छन् । प्रधानले स्थानीय र प्रदेश सरकारसँग समन्वयसमेत गर्न नसकेको टिप्पणी गरे ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आइतबार आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा उनले लकडाउनमा भारतको नक्कल गर्दा सरकार असफल बनेको बताए । भारतले लकडाउन खुकुलो गरिसकेको स्मरण गराउँदै नेपालमा भने ढिला भइसकेको उनको तर्क छ ।

प्रतीक प्रधान

पत्रकार प्रधानले लकडाउन सुरु गर्ने बेलामा भन्दा समस्या अहिले झनै बढेको बताए । उनले लकडाउनले आर्थिक सामाजिक क्षेत्रमा भयावह समस्या निम्त्याएको धारणा राखे । अर्थतन्त्रलाई लकडाउन गरेर नभइ जिम्मेवार ढंगले खोल्नुपर्नेमा उनले जोड दिए ।

सरकारलाई पैसा चाहिएर मालपोत खोल्ने तर आर्थिक क्षेत्र चलायमान बनाउन कुने जिम्मेवारी नलिने प्रवृत्ति घातक भएको उनको भनाइ छ ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह