Logo

सूचना/प्रविधि

छाङरुमा टेलिकमको सेवा


GDP Nepal
   १५ असार २०७७, सोमबार


काठमाडौं । नेपाल टेलिकमले दार्चुला जिल्लाको ब्यास गाँउपालिकामा सिडिएमए मोबाइल सेवा सुरु गरेको छ । छाङरुमा केही समय अगाडि स्थापना भएको सशस्त्र प्रहरी बलको बिओपीलाई लक्षित गरी टेलिकमले टावर निर्माण गरेको हो ।

नेपाल टेलिकमको टावरले कालापानी, छाङरु, ,टिंकर,गुन्जी र कुटी क्षेत्रमा सेवा दिने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

टेलिकमले कर्मचारीलाई गृह मन्त्रालयको सहयोगमा हेलिकोप्टरबाट उक्त क्षेत्रमा लगि टावर निर्माण गरेको हो । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा प्राविधिकहरु उक्त स्थानमा लगिएको नेपाल टेलिकमले जानकारी दिएको छ ।

प्रकाशित : १५ असार २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह