Logo

Banner-news

बैंकर व्यवसायी आमनेसामने, ऋणको साँवाब्याज जवर्जस्ती असुल नगर्न चेतावनी


GDP Nepal
   १८ असार २०७७, बिहिबार


काठमाडौ । जिल्लाभित्र रहेका व्यवसायीहरूले बैंक वित्तीय संस्थालाई जवर्जस्ती ऋणको साँवाब्याज असुल नगर्न अनुरोध गरेका छन् ।

उद्योगी व्यवसायीहरूले बुधबार समिति नै गठन गरी कोरोनापीडित व्यवसायीलाई बाँच्ने वातावरण सिर्जना गराउनु पर्नेमा जोड दिएका हुन् । कोरोनाका कारण देशमा भएको लकडाउनका कारण उद्योगी व्यवसायीको आर्थिक गतिविधि र नगद प्रवाह लगभग शून्य हुनाले यस अवधिलाई शून्य समय मानेर अघि बढ्न समेत सुझाएका छन् ।

यो अवस्थामा बैंकहरूले उद्योगी व्यवसायीबाट अनिवार्य र जवर्जस्ती ऋणको साँवाब्याज असुलउपर नगरी दिनसमेत उनीहरूले अनुरोध गरेका छन् । समितिले सरकारलाई समेत लकडाउन अवधिको राजस्व नउठाउन अनुरोध गरेको छ ।

समितिले लकडाउन अवधिभरको १ करोड रुपैयाँसम्म ब्याज मिनाह हुनुपर्ने, ५ करोड रुपैयाँसम्मको ऋणीको सबै शीर्षकको ऋण ५० प्रतिशत र सोभन्दा बढी ऋणीको हकमा २५ प्रतिशत छुट हुनुपर्ने मागसमेत गरेका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार चैत महिनासम्मको तिर्नुपर्ने साँवाब्याजबुझाएका सबै ऋण शीर्षकका कर्जाहरूमा १० प्रतिशत छुट अविलम्ब दिनुपर्ने समेत उनीहरूको माग रहेको छ । सबै शीर्षककाकर्जामा र अन्य बैकिङ सेवा सीमामा सरल प्रक्रियाको निवेदनको आधारमा स्वीकृत सीमाको बढीमा २० प्रतिशतसम्म थप ऋणको व्यवस्था गर्न समेत उनीहरूले माग गरेका छन् ।

प्रकाशित : १८ असार २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह