Logo

कर्पोरेट-बजार

लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले ल्याए अटोमेटिक डिस्पेन्सर


GDP Nepal
   १९ असार २०७७, शुक्रबार


काठमाडौं । लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले घर र कार्यालय सुरक्षाको लागिअटोमेटिक डिस्पेन्सर ल्याएका छन् । चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाइ नेपाली बजारमा बिक्री सुरु गरिएको जनाइएको छ ।

ह्याण्ड एक्स डिपार्टमेन्टका निर्देशक प्रणवजंग पाण्डेले जनाएअनुसार यो डिस्पेन्सर स्वचालित प्रणालीमा आधारित हुनेछ । आफूहरुले आधुनिक र गुणस्तरीय स्यानिटाइजर बजारमा ल्याएको होम एण्ड अफिस सेफ्टीका प्रोजेक्ट म्यानेजर रवि विष्टले स्पष्ट पारे । उक्त डिस्पेन्सरमा विभिन्न सब्सिडिज रहेको पनि कम्पनीले जनाएको छ ।

लोमसले आफ्नै उत्पादनमा ह्याण्ड स्यानिटाइजर बजारमा ल्याइसकेको छ । उसले ह्याण्ड एक्स नामक स्यानिटाइजर बजारमा ल्याएको हो ।

ह्याण्ड एक्स नामक स्यानिटाइजर अहिले २५० एम.एल. र ५०० एम.एल. बजारमा उपलब्ध छन् ।

प्रकाशित : १९ असार २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह