Logo

Banner-news

चिनियाँले अपराध गरे पनि उन्मुक्ति ? लकडाउनमा प्रहरी कुट्नेलाई भएन डिपोर्ट !


GDP Nepal
   २३ असार २०७७, मंगलबार


काठमाडौं । नेपालमा चिनियाँ नागरिकले कानुन उल्लंघन नै गरे पनि उनीहरुमाथि कानुनअनुसार कारबाही अगाडि बढाउने गरिएको पाइँदैन । चीनप्रति सरकारको आशक्तिका कारण उनीहरुलाई अन्य मुलुकका नागरिकसरह व्यवहारसमेत हुने गरेको छैन । नेपाल चिनियाँ अराजकताको केन्द्र बन्न थालेको छ ।

लकडाउनको समयमा आफू चीन फर्कन पाउनुपर्ने माग राख्दै चिनियाँ नागरिकलेसिंहदरबार अगाडि आन्दोलन गरे । जसमा उनीहरुले प्रहरीलाई भौतिक आक्रमण समेत गरे ।उनीहरु विरुद्ध मुद्दादर्ता भए पनि हालसम्म भने कुनै कारबाही भएको छैन ।

उनीहरुले आन्दोलन गर्ने क्रममाडीएसपी हरिबहादुर बस्नेतलाई रगताम्य हुने गरी कुटपिट गरेका थिए । प्रहरीलाई कुटपिटगर्नेमध्येका एक गेभिन नाम गरेका चिनियाँ नागरिक मोबाइल कम्पनीको कन्ट्रि म्यानेजरसमेत थिए भने बाँकी होटल, रेष्टुुराँ र मोबाइल कम्पनीमा कार्यरत थिए ।

सिंहदरबारको गेटअगाडि प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई जनही ५ हजार रुपैयाँ धरौटीमाछुटेका थिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई जनही ५ हजार रुपैयाँधरौटीमा छाडिसकेको छ ।

पछिल्लो समयमा माइतिघरमा भएको आन्दोलनमा सहभागी भएको भन्दै ७ जना विदेशी नागरिकलाई डिपोर्ट गर्ने निर्णय गरेको अध्यागमनले भने प्रहरीमाथि हातपात गर्ने ती चिनियाँ नागरिकलाई अहिलेसम्म डिपोर्ट गर्ने निर्णय गर्न सकेको छैन ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले भने उनीहरु विरुद्ध फैजदारी मुद्दा दर्ता भएको र मुद्दाको टुंगो नलागेको भन्दै बचाउ गरेका छन् । मुद्दा टुंगो नलागेकाले विभागले हालसम्म डिपोर्टको प्रक्रिया अगाडि बढाइएको छैन ।

महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले प्रहरीमाथि आक्रमण गर्ने ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरी हिरासतमा राखेको र जिल्ला प्रशासन कार्यालयमा उनीहरु विरुद्ध फौजदारी अभियोगमा मुद्दा चलाइरहेको जानकारी दिए ।

उनीहरु अहिले धरौटीमा छुटेको र डिपोर्ट गर्ने सन्दर्भमा चिनियाँ दूतावासले काम गरिरहेको बताए । उनीहरुले लकडाउनको समयमा आफूहरु चीन फर्कन पाउनुपर्ने राख्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए ।

प्रहरीले स्थिति नियन्त्रण गर्न खोज्दा उनीहरुले सुरक्षाकर्मीमाथि हातपात गरेका थिए । प्रहरीले तीन दर्जन बढी चिनियाँलाई नियन्त्रणमा लिइएको भए पनि हातपात गर्ने ४ जनाविरुद्ध मात्रै मुद्दाचलाइएको थियो ।

कानुनअनुसार नेपालमा कुनै पनि विदेशीले आन्दोलनमा सहभागी गर्न पाउँदैनन् । आन्दोलन गर्नु भनेको नियमनको उल्लंघन हो । विभागका अनुसार पर्यटक, विद्यार्थी, पत्रकार तथा अन्य कुनै पनि भिसा बोकेर नेपाल आउने विदेशी नागरिकले पारिश्रमिक पाउने गतिविधिमा संलगन हुन पाउँदैनन् ।

त्यसो गरेमा कानुनको उल्लंघन हुने भन्दै विभागले भिसा रद्द गर्ने र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने बताएको छ ।

प्रकाशित : २३ असार २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह