Logo

Banner-news

भारतीय च्यानल बन्द गर्ने केबल अपरेटरलाई सरकारले भन्योः जिम्मेवारी वोधका लागि धन्यवाद !


GDP Nepal
   २७ असार २०७७, शनिबार


काठमाडौं । भारतीय च्यानल बन्द गर्ने केबल अपरेटरलाई सरकारले स्वस्वफूर्त जिम्मेवारी वोधको संज्ञा दिँदै धन्यवाद भनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति नै निकालेर धन्यवाद दिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ ।

मन्त्रालयले केही भारतीय संचार माध्यमहरुबाट नेपाल र सम्माननीय प्रधानमन्त्रीज्यूको नाम जोडेर प्रकाशितरप्रसारित कपोलकल्पित, दुरासयपूर्ण एवं भ्रामक समाचारप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य,मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्तयस्ता सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुलप्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुन जरुरी रहेको उसको भनाइ छ ।

आमसञ्चार माध्यमहरुले समाचार प्रकाशनर प्रसारण गर्दा सत्य,तथ्य र बस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिवद्ध हुनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको उल्लेख गर्दै भनिएको छ– कुनै पनि सञ्चार माध्यमले देशको राष्ट्रियता एवं स्वाभिमानमा आँच पुर्याउने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्नुहुँदैन भन्ने व्यवस्था प्रचलित कानून तथा आचारसंहितामा स्पष्ट नै रहेको छ ।

प्रकाशित : २७ असार २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह