Logo

Banner-news

अन्ततः ट्रम्पले पनि मास्क लगाउनै पर्‍यो !


GDP Nepal
   २९ असार २०७७, सोमबार


अमेरिका (एजेन्सी): अन्ततः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि मास्क लगाएका छन् । कोरोनाभाइरस महामारी सुरु भएयता उनले पहिलो पटक सार्वजनिक रूपमा मास्क लगाएका हुन् ।

यसअघि उनले आफूले मास्क नलगाउने बताएका थिए र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका थिए ।

तीन महिनाअघि अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी) ले भाइरसको विस्तार रोक्ने काममा सहयोग पु¥याउन मानिसहरूलाई मास्क वा कपडाले मुख छोप्न सिफारिस गर्दा ट्रम्पले आफूले त्यसको अनुसरण नगर्ने बताएका थिए ।

विश्व स्वास्थ्य संग्ठनले मास्कको प्रयोग अनिवार्य भनिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्तिलाई दम्भ मानिएको थियो । यसले उनलाई आलोचनाको घेरामा तानेको पनि थियो ।

तर, घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर अवस्थित वाल्टर रीड सैनिक अस्पताल जाँदा राष्ट्रपति ट्रम्पले मास्क लगाएका छन् । उनले बोली पनि फेरेका छन् ।

“म कहिल्यै मास्क लगाउने कुराको विपक्षमा थिइनँ। तर समय र ठाउँअनुसार त्यसको प्रयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो,” ट्रम्पले भने, “तपाईँ अस्पतालमा रहँदा, विशेषगरी जहाँ तपाईँ थुप्रै सैनिक र मानिसहरूसँग कुरा गरिरहनु भएको छ, मलाई लाग्छ, मास्क लगाउनु राम्रो कुरा हो ।”

प्रकाशित : २९ असार २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह