Logo

Banner-news

यातायात व्यवसायी महासंघको सर्कुलर अवज्ञा, काठमाडौंमा तीन कम्पनीले बस चलाउने !


GDP Nepal
   ३० असार २०७७, मंगलबार


काठमाडौं । यातायात व्यवसायी महासंघको सर्कुलर अवज्ञा गर्दै काठमाडौंमा तीन कम्पनीले बस चलाउने भएका छन् । उपत्यकाभित्र निजी क्षेत्रका मयूर र सुन्दर यातायात तथा सरकारको समेत लगानी रहेको साझा यातायातले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएका हुन् ।

महासंघ सार्वजनिक यातायात व्यावसायीहरुको छाता संगठन हो । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले सरकारले आफूहरुका अन्य मागसहित चालक र सहचालकको स्वास्थ्य सुरक्षासम्बन्धी विषय सम्बोधन नभएसम्म सवारीसाधन नचलाउने निर्णय गरेको थियो ।

साझाले साउन १ गतेबाट सरकारले जारी गरेको निर्देशनको आधारमा सेवा सुचारु गर्ने जनाएको छ । पहिलो चरणका २५ प्रतिशत मात्र बस सञ्चालन गर्ने साझाले जनाएका छ ।

यता, विद्युतीय बसबाट सार्वजनिक यातायातको सेवा प्रदान गरी रहेको सुन्दर यातायातले पुरानै भाडादरमा सेवा दिने भएको छ । सुन्दरले ४ वटा बिजुली गाडी चलाउने जनाएको छ ।

मयुर यातायातले भने उपत्यकामा दुई दिन अगावै बस सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ । सरकारको निर्देशन पालना गदैं २६ गतेबाट नै सेवा सुचारु गरिएको कम्पनी अध्यक्ष मोहनबहादुर श्रेष्ठले बताए । सोमबार ६ बसबाट सेवा दिएको कम्पनीले मंगलवारबाट १५ बसमार्फत सेवा दिने जनाएको छ ।

प्रकाशित : ३० असार २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह