Logo

Banner-news

मर्जरमा जाने बैंकलाई थप सुविधा, कृषि कर्जाको सिमा १५ प्रतिशत !


GDP Nepal
   २ श्रावण २०७७, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जान चाहने बैंकहरुलाई सुविधा बढाएको छ ।

चालु वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले मर्जरमा गई एकिकृत कारोबार गरेमा २०७९ सम्मका लागि सुविधा थप हुने बताएका छन् । नीतिमा सीआरआर आधा प्रतिशत विन्दु छुट, बैधाननिक तरलता अनुपातमा पनि एक प्रतिशत विन्दु घटाइनुका साथै संस्थागत मुद्दतीमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढि उठाउन पाइने छुटको सुविधा दिएको हो ।

यद्यपी नीतिले मर्जर व्यवस्थालाई बाध्यकारी भने पारेको छैन । नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्थालाई थप कडाई गरेको छ । अब बैंकहरुले कुल कर्जाको १५ प्रतिशत लगानी कृषिमा गुर्नपर्नेछ । । यसअघि कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नै पर्ने व्यवस्था थियो । १० प्रतिशत लगानी पनि अधिकांश बैंकहरुले सिमा भेट्न सकेका छैन ।

कृषि क्षेत्रका विकासको लक्ष्य सहित यो सिमाले युवाहरुलाई आर्कषित गर्ने देखिन्छ । गर्भनर अधिकारीले कृषि क्षेत्रमा गरिने लगानीको अगुवाई कृषि विकास बैंकले गर्ने बताए । हाल मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरु मध्ये कृषि विकास बैंकले कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्दै आएको छ ।

नीतिले लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदरमा अधिकतम सीमा तोकिदिएको छ । अब कर्जामा लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिने नपाउने व्यवस्था मौद्रिक नीतिमा छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह