Logo

Banner-news

पूर्वअध्यक्षको बैठकमा चौधरीलाई नबोलाइएकोमा रविभक्तको आपत्ति, राणाले माफी मागिन् !


GDP Nepal
   ८ श्रावण २०७७, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार सबै पूर्वअध्यक्षहरुसहित पदाधिकारी बैठक राख्यो । बैठकमा सबैजसो पूर्वअध्यक्षहरु सहभागी भए पनि दुई पूर्वअध्यक्षहरु उपस्थित भएनन् । उपस्थित नहुने पूर्वअध्यक्षहरु थिए– विनोद चौधरी र प्रदीपजंग पाण्डे ।

महासंघ स्रोतका अनुसार पाण्डेले पूर्वअध्यक्षहरुको भेलामा उपस्थित हुन ठाडै अस्वीकार गरेका थिए भने पूर्वअध्यक्ष चौधरीलाई बैठकमा बोलाइएन । चौधरी नेपाल उद्योग परिसंघ (सीएनआई)का संस्थापक अध्यक्ष हुन् भने महासंघका जीवित पूर्वअध्यक्षहरुमध्ये वरिष्ठताका आधारमा महेशलाल प्रधानपछिका दोस्रो वरिष्ठ पूर्वअध्यक्ष हुन् ।

चौधरीलाई बैठकमा नबोलाइएको र बैठकको सभाहलमा उनको नामसहितको स्थानसमेत नरहेको देखेपछि पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले आपत्ति जनाए । उनले सभाहलको भित्तातर्फ देखाउँदै प्रश्न गरे– विनोद चौधरीलाई पूर्वअध्यक्ष भनेर भित्तामा तस्बिर टाँस्ने तर सबै पूर्वअध्यक्षहरुको बैठकमा नबोलाइएको किन ?

पूर्वअध्यक्ष श्रेष्ठ यतिमै रोकिएनन् । उनले थपे– कि उहाँलाई पूर्वअध्यक्ष नै होइन भन्न सक्नुप¥यो, हो भने त यसरी पूर्वाग्रह राख्नु भएन । यो कसको निर्णयका आधारमा भएको हो ?

श्रेष्ठ कडा रुपमा प्रस्तुत भएपछि महासंघका महानिर्देशक धरणीधर खतिवडाले भूलवस उहाँको नाम छुटेको भन्दै पन्छिए । श्रेष्ठले खतिवडाको गैरजिम्मेवार जवाफपछि आपत्ति जनाउँदा अध्यक्ष भवानी राणाले गल्ती भएको स्वीकार्दै माफी मागेकी थिइन् ।

प्रकाशित : ८ श्रावण २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह