Logo

सरकारको चर्को करले फेरि बढ्यो पेट्रोलको भाउ, लकडाउन यता तेस्रोपटक बढ्यो मूल्य




काठमाडौं। सरकारको चर्को करका कारण पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले लकडाउनपछि तेस्रोपटक मूल्य बढाएको हो ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ। यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १.५० रुपैयाँले वृद्धि गरेको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो। यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ पुगेको छ।

यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन।

सरकारले जेठ १५ को बजेटमा पेट्रोलियम पदार्थमा पूर्वाधार शीर्षकको कर वृद्धि गर्दै प्रतिलिटर १५ रुपैयाँ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्