Logo

Banner-news

एनसेल अब पब्लिक कम्पनी, कहिले आउँछ आईपीओ ?


GDP Nepal
   २१ श्रावण २०७७, बुधबार


काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेल अब पब्लिक कम्पनी भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ मा एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो ।

निर्णयसँगै एनसेल प्रालि रहेको कम्पनीको नाम एनसेल आजियटा लिमिटेड रहेको छ । कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ ।

यससँगै एनसेलको सेयर अब सर्वसाधारणलाई बिक्री हुनेछ । स्रोतका अनुसार एनसेलले २० प्रतिशत सेयर पब्लिकमा बिक्री गर्नेछ । नेपालमा बढी नाफा कमाउने तथा कर तिर्ने कम्पनी पुँजी बजारमा प्रवेशले तरंग सिर्जना गर्नेछ । सेयर बजारका जानकारहरुका अनुसार यो कम्पनीको सेयर युनिलिभरपछिकै सबैभन्दा बढी मूल्यको हुनसक्ने सम्भावना छ ।

एनसेलको चुक्ता पुँजी भने १० करोड रुपैयाँ मात्रै छ । यसको पुँजी वृद्धिका लागि औद्योगिक प्रवर्द्धन बोर्डले स्वीकृति दिनुपर्छ र सो स्वीकृतिपछि मात्र एनसेलको सेयर बजारमा आउनेछ ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह