Logo

Banner-news

सक्रिय संक्रमित ६ हजार, तर सरकार भन्छः ९१ हजार पुग्ने आकलन थियो, हामीले रोक्यौं !


GDP Nepal
   २४ श्रावण २०७७, शनिबार


काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको दावी गरेको छ । आइतबारसम्म ९१ हजार सक्रिय संक्रमित हुनसक्ने आकलन गरिए पनि नियन्त्रणमा राख्न सफल भएको सरकारको दावी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय सङ्क्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार हुन सक्ने अनुमान गरेको थियो । तर, कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सरकारले खेलेको प्रभावकारी कदमका कारण त्यति ठूलो संख्यामा संक्रमित हुन नपाएको उसको दावी छ । शुक्रबारसम्म मुलुकमा ६ हजार ३३० जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संघ, प्रदेश र स्थानीय तह तथा आम नागरिकले कोभिड– १९ नियन्त्रण गर्न खोलेको प्रभावकारी कदमकै कारणले अनुमान गरिएको सक्रिय संक्रमितलाई सीमितमा राख्न सकिएको बताए । तर, वीरगन्जलगायतका क्षेत्रमा संघीय सरकारको भूमिकालाई लिएर आलोचना गरिएको छ ।

शुक्रबारसम्म कोरोना पोजेटिभ देखिएकाको संख्या २२ हजार २१४ रहेको छ । जसमध्ये १५ हजार ८१४ संक्रमित निको भइसकेका छन् । निको भएको दर ७१.२ प्रतिशत हो ।

संक्रमितहरुको मृत्यु संख्या ७० पुगेको अवस्था छ । अहिलेसम्म ३७ प्रयोगशालाबाट ४ लाख २७ हजार ५०१ जनाको पीसीआर परीक्षण गरिएका छन् । आरडीटी परीक्षण भने अहिले बन्द गरिएको छ ।

प्रकाशित : २४ श्रावण २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह